Comments Add Comment

इस्लामिक संघद्वारा सुरक्षाको माग


२६ माघ, काठमाडौं । इस्लामिक संघ नेपाल वाँके शाखा नपालगञ्जले विभिन्न समुहले आफूहरु माथि आक्रमण गरेको भन्दै सुरक्षाको माग गरेको छ ।

nepaljungशाखाले विभिन्न समूहले कार्यलय तथा इस्लामिक संघका सदस्यहरु माथि आक्रमण जारी राखेको भन्दै स्थानिय प्रशासनसाग सुरक्षाको माग गरेको हो । पटकपटकको छलफल र प्रशासनको रोहवरमा भएको सम्झौता उलंघन गर्दै असन्तुष्ट पक्षले आक्रमण गरिरहेको भन्दै विज्ञप्ती प्रकाशित गरी संघले कारवाहीको माग गरेको हो ।

केही व्यक्तिहरुले गत पौष ६ गते संघद्वारा सञ्चालित कल्चर सेन्टरको भवन कब्जामा लिएको र गलत उद्देश्यकासाथ विभिन्न अवाञ्छित कृयाकलापहरु गर्दै आएको संघले जनाएको छ । उनीहरुले संस्थाको अनुमति वेगर भवनमाथि झण्डा लगाउने, संस्थाको गेटमा ताल्चा लगाउने काम गरेकोमा आपत्ति जनाएका छन् ।

इस्लामिक संस्कृतिको प्रचार प्रसार र प्रवर्द्धन गर्ने, इस्लामिक आस्था अनुरुप धर्मको परिपालन गर्ने सेवाहरु सञ्चालन गर्दै आएका विभिन्न केन्द्रलाई कब्जामा लिई त्यसभित्र नमाजमा रहेको १२ जनालाई १२ घण्टा वन्धक वनाइएको इस्लामिक संघले उल्लेख गरेको छ ।

स्थानीय प्रशासन र दुवै पक्षवीच गलत कार्य नगर्ने सहमति भए पनि असन्तुष्ट पक्षले आक्रमण गर्ने, ताल्चा लगाउने जस्ता कार्यहरु गर्दा पनि प्रशासनले वेवस्ता गरेको संघको आरोप छ । प्रशासनवाट उचित कारवाही नुहदा संलग्नहरुको मनोवल वृद्धि भएको र थप असुरक्षा बढेको भन्दै संघको वााके शाखाले शान्ति सुरक्षो लागि सरकारसाग माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment