Comments Add Comment

पाँच गाविसलाई नगरपालिका बनाउन सिफारिस

Tanahu Map२९ माघ, तनहुँ । नगरपालिका सिफारिस समिति तनहुँले जिल्लाका थप पाँच गाविसलाई नगरपालिका बनाउन सिफारिस गरेको छ ।

समितिका संयोजक स्थानीय विकास अधिकारी अञ्जन न्यौपानेले जिल्लाको श्याम्घा र क्यामिन गाविसलाई व्यास नपामा मिसाउने र जामुने, मनपाङ र छाङ गाविसलाई मिलाएर म्याग्दे नगरपालिका बनाउन स्थानीय विकास मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको बताए ।

श्याम्घा र क्यामिन गाविसको केही दिनअघि सम्पन्न गाउँ परिषद्ले व्यास नपामा गाभिने निर्णय गरेको थियो भने जामुने, मनपाङ र छाङ गाविसको तर्फबाट पनि छुट्टै नगरपालिका बनाउन सर्वदलीय निर्णय भएको थियो । क्षेत्र नं १ मा भने यस पटक कुनै नगरपालिका सिफारिसमा नपरेको स्थानीय विकास अधिकारी न्यौपानेले जानकारी दिए ।

थप्रेक गाविसले पनि बिहीबार मात्र शुक्लागण्डकीमा गाभिने निर्णय गरेको जानकारी पाए पनि आधिकारिक निर्णय नभएको हुँदा त्यसका बारेमा पनि छलफल नभएको उनले बताए । तनहुँमा यसअघि पाँच नगरपालिका र ३७ गाविस रहेका थिए ।

त्यसैगरी शुक्लागण्डकी  नगरपालिका कार्यालयले सो नगरपालिका (साविक दुलेगौँडा, खैरेनीटार र ढोरफिर्दी गाविस) भित्र बसोबास गरिरहेका व्यक्तिलाई उनीहरुको आवश्यक कागजात र प्रमाणको आधारमा जग्गा दर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको बिहीबार बसेको स्थानीय राजनीतिक दल, पूर्व जनप्रतिनिधि र वडा नागरिक मञ्चका पदाधिकारीहरुको संयुक्त बैठकले अव्यवस्थित बसोबासीको नाममा जग्गा दर्ताका लागि आवश्यक कागजात र प्रमाणका आधारमा जग्गा दर्ताका लागि सिफारिस गरिने निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment