Comments Add Comment

कतारमा नेपालीको वनभोज

katar ma picnic (2)

घनश्याम पराजुली

दोहा । रोजगारीको सिलसिलमा कतारमा रहेका नेपाली स्वदेशी कला संंस्कृति र चालचलनमा रमेका छन् ।

चितवन युवा समुह दोहा कतारले शुक्रबार पन्चेबाजाको साथमा बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै विदेशमा रहदा पनि स्वदेशी संस्कृतिको अनुसरणलाई निरन्तरता दिएको छ ।  कतारको राजधानी दोहा देखी ७५ किलोमिटर भन्दा बढी रहेको रमणीय स्थल समाजल पब्लिक गार्डेनमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धेश्य नेपाली कला र साँस्कृतिको जर्गेना गर्दै कतारमा रहेका चितवनेहरुवीच को सम्बन्ध मजबुद बनाउदै सामाजिक कार्यमा अग्रसर गराउनु थियो । कार्यक्रमलाई संस्थाका अध्यक्ष भुमिराज कार्कीले सभापतित्व गरेका थिए भने गैर आवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्कीले ‘चितवन पर्यटकीय नगरी र कृषिको हिसावले अग्र स्थानमा रहेको छ । यदी हामीले नेपालको विकास गर्ने हो भने यी दुई पाटाहरुलाई बिर्सन हुदैन । नेपालको विकासका लागि कृषिको आधुनिकरण र पर्यटन प्रबद्धनको अवधारणा एनआरएनएको समेत रहेको छ ‘ भन्दै उनले भने ‘नेपालको आर्थिक अवस्था कमजोर छ । यसलाई उकास्न हाम्रा क्षेत्रमा रहेका बाजा घेरहरुलाई अरावरा बनाउन प्रवासीहरु नेपाल र्फकनुपर्छ ।’

नेपाली पन्चेवाजाको धुन बजाएर व्यानर अनावरण गरी राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई संस्थाका उपाध्यक्ष तथा चितवन अन्तराष्ट्रिय सम्वन्य समितीका संयोजक समिर खत्रीले स्वागत मन्तव्य राखेका थिए । चितवनको भौगोलीक अवस्था र समग्र चितवन जिल्लाको चिनारीको बारेमा सल्लाहकार युवराज शर्माले बोलेका थिए ।

कार्यक्रममा विशेष अतिथी संस्थाका संस्थापक अध्यक्ष सागर नेपालले सन् २००१ सालमा स्थापना भएको चितवन युवा समुह कतारको विगत र वर्तमानलाई स्मरण गरे । धेरै संघर्षपछी संस्थाले धेरै ठुलो संख्यामा व्यक्तीत्व पाएको बताउदै उनले यो सांगठनीक पद्धती बुझेको संस्था रहेको बताए ।

katar ma picnic (3)कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघसंस्थाको बारेमा विशेष अतिथी एनआरएनए आईसीसी सदस्य हंशराज क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै प्रवासी नेपाली मन्चका अध्यक्ष तथा संस्थाका पुर्व अध्यक्ष रामहरी गैह्रेले संस्थाको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रममा नेपाली पन्चेबाजामा उपस्थित दर्शकहरुले नाचेर मनोरन्जन लिए । सांगीतीक कार्यक्रम अन्तरगत कतारमा रहेका कलाकारहरुको बजोड प्रस्तुती रह्यो । गायक भन्तराज सुनारले ‘फेवातालमा साईली डुंगा सरर’ बोलको गीत गाए । ‘हामी नेपाली हाम्रो नेपाल’ बोलको गीतमा तविता गजमेरले नृत्य प्रस्तुत गरीन । ‘तिमी नै छौ तिमी नै हौ मेरो जिवन साथी’ बोलको गीतमा भगवती र सन्जीव रानाभाटले जोडी नृत्य प्रस्तु गरे ।

गैर आवासीय नेपाली तारा २०१३ का विजेता अजय परियारको ‘गालैको कोठी हेरे तिन चोटी सुहाको चटक्कै’ बोलको गीतमा दमदार नृत्यले दर्शकहरुको मन जित्न सफल भए । हाँस्य कलाकार युवराज खत्री र तुफान काफ्लेको व्याङ्यात्मक प्रस्तुतीले दर्शकहरुलाई पेट मिचीमिची हसाउन सफल भए ।

कार्यक्रममा कतारका थुप्रै कलाकारहरुको प्रस्तुती साथै पन्चेवाजामा दोहोरी घम्साघम्सी समेत रहेको थियो । औपचारीक कार्यक्रमलाई संस्थाका महासचिव शुरेस परियार र संचाकर्मी विजय अधिकारी साथै सांगीतीक कार्यक्रमलाई इमानजंग ठकुरीले सन्चालन गरेका थिए । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रती आभार प्रकट गर्दै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

‘अनेकतामा एकता , चि.यु.स. को बिशेषता’ भन्ने मुल नाराका साथ सन् २००१ सालमा कतारमा चितवन युवा समुह कतार  स्थापना भएको हो । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका चितवनेहरुको पहलमा सामाजिक संस्थाका रुपमा यो संस्था स्थापना भएको हो ।

कतारमा र मातृभूमी नेपालमा मानविय सहयोग र कल्याणकारी क्षेत्रमा अग्रसर भईरहेको यस संस्थाले कतारसँग सहकार्य गर्दै खेलकुदको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेको छ ।

नेपालका राष्ट्रिय फुटबल खेलाडी र कलाकारहरुलाई कतारमा ल्याएर बृहत कार्यक्रम गरिसकेको छ । यही बर्ष विभिन्न देशमा रहेका चितवनेहरुका सामाजिक संस्थालाई एकजुट बनाई अन्तराष्ट्रिय सम्वन्य समितीको समेत गठन गरिसकिएको छ । चितवन युवा समुह कतारका उपाध्यक्ष समिर खत्रीले अन्तराष्ट्रिय सम्वन्य समितीको संयोजकको भुमिका खेलिरहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment