Comments Add Comment

मोदीको डिनरमा आमिर र कंगना

kangna-ranaut-aamir-khan-

मुम्बई । भारतमा बढ्दो असहिष्णुताको विषयमा टिप्पणी गरेर चर्चामा आएका अभिनेता आमिर खान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको डिनर पार्टीमा सहभागी भएका छन् ।

टर्फ क्लबमा आयोजित प्राइभेट पार्टीमा आमिरका साथै अभिनेत्री कंगना रनौत पनि सहभागी थिइन् । राजनीतिक दलका शीर्ष नेता र विभिन्न उद्योगपतिहरुको कार्यक्रममा सहभागीता थियो ।

यस किसिमको उच्चस्तरीय समारोह मोदीद्धारा सुरु गरिएको ‘मेक इन इण्डिया’को सप्ताहको सुरुवातको अवसरमा गरिएको थियो । प्रधानमन्त्री मोदीले आइतवारदेखि मेक इन इण्डिया सप्ताह सुरु गरेका छन् ।

असहिष्णुताको विषयमा केही समय अघि अभिनेता आमिर खानले भारतमा बढ्दै गएको असहिष्णुताले आफु चिन्तित भएको भन्दै श्रीमति किरण रावले देश छोडेर जान सल्लाह दिएको बताएका थिए ।

उनको सोही टिप्पणी सार्वजनिक भएपछि बिजेपी नेताहरुले आपत्ति जनाएका थिए । पर्यटन मन्त्रालयले अतुल्य भारत अभियानको ब्राण्ड एमबेसडरवाट उनलाई हटाएको थियो ।

अभिनेत्री कंगना रनौतले भने अभिब्यक्ति स्वतन्त्रताको अर्थ कसैको अपमान गर्नुपर्छ भनेर बुझ्न नहुने अभिब्यक्ति दिएकी थिइन् । साथै उनले बोल्ने विषयमा कलाकारलाई सजग हुन आग्रह समेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment