Comments Add Comment

बेल्जियमका डाक्टरहरुले भूकम्पपीडितका लागि ५७ लाख खर्च गर्ने

belgeum

अन्ट्रोपेन । बेल्जियममा रहेको गैर सरकारी सस्था ‘फ्रम पिपुल टु पिपुल’ पुनः मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने भएको छ । कोन्टिच बेल्जियममा बसेको सस्थाको भेलाले, तत्काल नेपाल पुगेर ४८ हजार युरो (५७ लाख ७५ हजार नेपाली रुपैयाा) खर्च गर्ने निर्णय गरेको हो ।

आफ्नो मुख्य कार्यालय कोन्टिच बेल्जियममा,नेपाली पत्रकारको टोलीलाई जानकारी दिदै संस्थाले तत्काल गोरखा र धादिङ जिल्लामा यो पटकमा ४८ हजार युरो खर्च गर्न लागेको जानकारी दिएको छ । यस्तै अर्को चरणमा करिब २ लाख युरो लागतमा जग्गा खरिद गरी स्कूल र भबन बनाउँने लागेको र यसका लागि परियोजनाको अध्ययन पुरा हुन लागिसकेको सस्थाका अध्यक्ष डा. लुक बाउकरले बताएका छन् ।

धादिङ र गोरखा जिल्लालाई मात्र केन्द्रीत गराएको बारे नेपाली पत्रकारहरूको जिज्ञासामा उनले भने, ू बिपत्ती र समस्यामा परेका नेपालका अन्य जिल्लाहरूबाट हामीलाई जानकारी आएमा, क्षमताले भ्याए सम्मको मानबीय सहयोग गर्न कत्ती पनि कन्जुस्याई गर्ने छैनौ।

सन् २०१० बाट मुल रूपमा बेल्जियमका बिभिन्न अस्पतालहरूमा कार्यरत मेडिकल डाक्टरहरूको संयुक्त प्रयासमा स्थापित सो सस्थाले नेपालमा गएको बिनाशकारी महाभुकम्पमा ठुलो सहयोग गरेको थियो । २७ जना मेडिकल डाक्टरहरूको टोलीले गत अप्रिलमा, १५ दिन सम्म उद्दार तथा उपचार कार्यमा सहयोग गरेका थिए ।

नेपालका लागि टोलीको संयोजन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमका महासचिब लोक दाहालले गरेका थिए। मुलतस् दैबीप्रकोप उद्दारको निम्ती बेल्जियमको प्रतिष्ठित सस्था ङ्गबी फास्ट ङ्गपछिको सम्मानित रहेको यो सस्था सरकारी तवरमा नै, लडाईंमा रहेको नेपाल संयोजक दाहाल बताउँछन् ।

म्यान्मारमा समेत ४ सय शैयाको अस्पताल सन्चालन गरिरहेको ङ्गफ्रम पिपुल टू पिपुल ङ्ग सस्थाले मिसन नेपाल २०१६ भन्दा अगाडि पनि हाईटी , चिली ,म्यान्मार , पाकिस्तान , भारत ,इन्डोनेसिया ,फिलिपिन्स लगायतका मुलुकहरुमा आफ्नो मिसन संचालन गरिसकेको अध्यक्ष बाउटरले थप जानकारी दिए।

belgium doctor

सहयोग गर्न नपाईएको गुनासो

स्मरणीय के छ भने सरकारी अनुदानमा चल्ने बेल्जियमको मुख्य बिपत्तिको लागि सहयोगी सस्था ङ्ग बी फास्ट ङ्गउद्दार टोलीलाई नेपालमा गएको बिनाशकारी महाभूकम्प कै दोश्रो दिन नेपाल प्रस्थान गरे पनि काठमाडौं प्रबेश गर्न नेपाल सरकारले अनुमति नदएकिो गुनासो छ।

फलत केही दिनको भारत बसाईपछि बेल्जियम फर्किएको टोलीले जनाएको छ । महाविपत्तिको बेला, बेल्जिक उद्दार टोली नेपाल प्रबेश गर्न नपाए पछि यहाँका नागरिकहरूले पनि ब्यापक रोष प्रकट गरेका छन् । हेरेन्ट बेल्जियम बस्ने एक बेल्जिक नागरिक रोमिन कुनले, नेपाल सरकार प्रति आक्रोश पोख्दै भन्छन् ङ्गसहयोग गर्छु भन्दा तिरस्कार गर्ने रु नेपाल प्रतिको सहानुभूति मरेर गयो, कत्ती पनि सहयोग गर्न तयार छैनौ ।

बिबिध कारणले भूकम्प पछि नेपालका लागि सहयोग जाने क्रम बन्द भईरहेको बेला, फ्रम पिपुल टु पिपुलले नेपालीहरुको दुस्ख र पीडामा मल्हम लगाउँने प्रयास फेरि सुरु गरेको नेपाल मिसनका संयोजक दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment