Comments Add Comment

इंग्ल्याण्ड १५ रनले विजयी, अफगानिस्तान बाहिरियो

WCC-afg-vs-eng१० चैत, काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ । लगातार तेस्रो हारपछि अफगानिस्तान सुपर टेनबाट बाहिरिएको छ भने इंग्ल्याण्डको अघिल्लो चरण सम्भावना कायमै छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको सुरुवात राम्रो रहन सकेन । ५७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । तर, अन्तिम क्रममा व्याट्सम्यानले पारी सम्हाले ।

मोइन अलीले अहविजित ४१ रन जोडे । क्रिस जोर्डनले १५ रन जोडे भने डेभिड विली २० रनमा अविजित रहे ।

१४३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पनि खराव सुरुवात गर्‍यो । १३ रन जोड्दा ३ विकेट गुमाएको उसका शफिकुल्लाह बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

शफिकुल्लाहको अविजित ३५ रनको मदतमा अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

जितसँगै समूह एमा रहेको इंग्ल्याण्डको ३ खेलबाट ४ अंक भएको छ । वेष्टइण्डिजको २ खेलबाट ४ अंक छ । दक्षिण अफि्रका र श्रीलंकाको समान २-२ अंक छ । अफगान भने अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment