Comments Add Comment

भारतले गरेको नाकाबन्दीमाथि बन्यो ‘जन्मभूमी’

nepali-movie-janma-bhumi-1

काडमाडौं । भारतले नेपालमा गरेको नाकाबन्दीलाई विषयवस्तु बनाइएको नयाँ चलचित्र जन्मभूमी १९ चैतबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा भारतले नेपालमा निरन्तर गर्दै आएको राजनीतिक हस्तक्षेप र सिमा अतिक्रमण जस्ता विषयहरुलाई पनि समेटिएको छ ।

निर्देशक मोहन निरौलाले नेपालको सार्वभौमसत्तामाथि भारतले प्रहार गर्दै आएकाले यो चलचित्र बनाउन प्रेरित भएको बताए । उनले भने, ‘हालै भारतले गरेको अघोषित नाकाबन्दीबिरुद्ध यो चलचित्रले धावा बोल्छ ।’

नेपाली चलचित्रका पुराना निर्देशकभित्र पर्ने निरौला आफ्नो सारा अनुभवलाई यो चलचित्रमा खन्याएको बताउँछन् । उनले झण्डै २० बर्ष अगाडी निर्माण भएकोे चलचित्र ‘जन्मभूमी’ लाई नयाँ कथावस्तु र पात्रहरुको चयन गर्दै पुननिर्माण गरिएको जानकारी दिए ।

nepali-movie-janma-bhumi

निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको यस चलचित्रको निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह-निर्माता कविता निरौला रहेका छन् । चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको हेर्न पाइनेछ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अगि्रम गिरि रहेका छन् । यसको कास्टिङ निर्देशकका रुपमा शान्तिपि्रय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment