Comments Add Comment

पर्यटन बोर्डको नेत्तृत्वमा ‘जे’ टू ‘जे’ सम्मेलन : विकल्परहित उपाय

सन्तोषराज पोखरेल
पर्यटन पत्रकारिता गर्ने पत्रकारहरुका दुईवटा संस्थाले केही दिनयता ‘जे’ टू ‘जे’ (जर्नालिष्ट टु जर्नालिष्ट) सम्मेलनका नाममा खेलिरहेको दोहोरी अहिले पर्यटनमा चासो राख्ने सबैको चिन्ताको विषय बनेको छ । ती संस्थाहरुको विवाद तल्लो स्तरको गालीसम्ममा परिणत भइसकेको छ ।

यद्यपी ती संस्थाको गरिमा र मूल्य सम्बन्धित क्षेत्रमा अहिलेसम्म स्थापित भएको छैन । तर, एकदमै संवेदनशील अवस्थाबाट Shantosh-Pokhrelगुज्रिरहेको नेपाली पर्यटन क्षेत्रमा अहिले पूर्नजागरणका लागि भइहरहेका प्रयासमा कुनै पनि दाग नलागोस र नेपाली पर्यटन क्षेत्रको राष्ट्रिय-अन्तरराष्ट्रिय बदनामी पनि नहोस भन्ने अभिप्रायले यो क्षेत्रका बारेमा चासो र चिन्ता राख्ने जोसुकै पनि सचेत हुनुपर्ने अवस्था छ ।

यो विवादबीच अहिले भन्नेपर्ने कुरा के हो भने पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, टान, हान, नाट्टा जस्ता पर्यटन सम्बद्ध स्टेकहोल्डरसम्म कुनै न कुनै रुपमा ‘जे’ टू ‘जे’ सम्मेलनका नाममा जसरी ती पत्रकारका संस्थाले साझेदारी गर्न खोजेका छन्, त्यसको परिणाम कार्यक्रम भइहाले पनि र नहुँदा पनि नकारात्मक नै हुने निश्चित छ ।

बिदेशी पत्रकारकालाई नेपाल ल्याउने र नेपाली पत्रकार बिदेश गएर कार्यक्रम गरी नेपाली पर्यटनबारे सकारात्मक शन्देस दिने उद्देश्य राखेर गर्न लागिएको भनिएको ‘जे’ टू ‘जे’ सम्मेलन आयोजनाको दाबी गर्ने पत्रकारका संस्थाहरु किन यो कार्यक्रम गर्न अनुपयुक्त साझेदार हुन भन्ने बारे सम्बन्द्यितहरुले साझेदारी भन्दा अघि नै स्पष्ट हुनु आवश्यक छ ।

पर्यटन पत्रकारका संस्थाबारे

अहिले नेपाली पत्रकारिताको बजारमा बिट पत्रकारिता गर्ने पत्रकारहरुका संस्था बागबजार-पुतलीसडकका एजुकेसन कन्सल्टेन्सी जत्तिकै खुलिरहेका छन् । यही लहरमा पर्यटन पत्रकारिता गर्ने पत्रकारहरुका दुई संस्था जर्नालिष्ट एसोसियसन अफ टुरिजम (जाट-नेपाल) र नेसनल एसोसियन अफ टुरिजम जर्नालिष्ट (नाटोज) सक्रिय देखिन्छन् । (बजारमा एकजना पर्यटन पत्रकारको प्रयासमा स्थापित स्वयम उनी आफुमात्र भएको नेपाल पर्यटन पत्रकार संघ भन्ने एक सदस्यीय संस्था समेत छ) ।

जाट नेपाल करीब ४ वर्षअघि स्थापित भएको हो भने नाटोज करीब दुई वर्षअघि । यसबीचमा जाट नेपालले करीब २० लाख रुपैयाँ बजेट (पर्यटन बोर्ड, मन्त्रालय, टान, एनएमए तथा विभिन्न संस्थाबाट) प्राप्त गरिसकेको छ भने नाटोजले पनि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त गरिरहेको छ । तर, पर्यटन क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता, वृत्ति विकास र सहयोग तथा पर्यटन क्षेत्रको विकासमा पत्रकारिताका माध्यमबाट सहयोग पुर्याउने यिनको उद्देश्य र काम गराईबीच कहींकतै तालमेल भेटिन्न ।

जाट नेपालमा अहिलेसम्म प्राप्त २० लाख रुपैयाँ बराबरको बजेटले कुन पर्यटन पत्रकारको क्षमता विकास भयो, पर्यटन प्रवर्द्धनमा के काम भयो भनेर सोध्नुस । उत्तर निराशामात्र हात लाग्नेछ । बरु यति छोटो अवधिमा पनि विभिन्न आर्थिक चलखेल भएका रारा काण्ड, बैंकक काण्ड देखि रिसर्च पेपर काण्डसम्म भेटिन्छन् ।

यो अवधिमा राज्य तथा नीजी संस्थाले सहयोग गरेको रकम दोहन गर्ने बाहेक जाट नेपालबाट अहिलेसम्म पनि एउटा उल्लेखनीय काम भएको छैन । संस्थामा भएका आर्थिक घोटालाबाट असहमत पर्यटन पत्रकारहरुले संस्था छाडेपछि केही समययता जाट नेपालमा ९८ प्रतिशत गैरपर्यटन पत्रकार राखेर संस्था चलाइएको छ ।

अनि कसरी त्यो पर्यटन पत्रकारको संस्था हुन्छ र उसले पर्यटनका लागि  ‘जे’ टू ‘जे’ सम्मेलनको दाबी गर्न मिल्छ । केही समययता बढी सक्रिय देखिएको नाटोजमा पनि हालत उस्तै छ । पर्यटन पत्रकारहरुको संस्था भनिएपनि त्यहाँपनि ९८ प्रतिशत गैरपर्यटन पत्रकार नै छन् । केही सानातिना काम मात्र गरिरहेको नाटोजले पनि अहिले ‘जे’ टू ‘जे’ सम्मेलन गर्छु भन्नुको कुनै आधार देखिन्न ।

वास्तवमा भन्ने हो अहिले नेपालका मुलधारका पर्यटन पत्रकारिता गर्ने पत्रकारहरु र वास्तविक पर्यटन पत्रकारिता गरिरहेकाहरु यस्ता नक्कली पर्यटन पत्रकारहरुका संस्थाका कारण बदनाम बन्ने खतरामा छन् । त्यसैले उनीहरु संस्थाविहिन बनेरै वास्तविक पर्यटन पत्रकारिता गरिरहेका छन् ।

त्यसैले पनि ‘जे’ टू ‘जे’ सम्मेलनका लागि अहिलेका पर्यटन पत्रकारका संस्था उपयुक्त छँदै छैनन । त्यसमा पनि ती संस्थामा रहेकाहरुसँग पारदर्शीता, ज्ञान, क्षमता र अनुभव समेत नभएकाले ‘जे’ टू ‘जे’ सम्मेलनका लागि उपयुक्त आयोजकको खोजी अहिलेको मुद्दा हो ।

पर्यटन बोर्ड एकमात्र विकल्प

नेपाली पर्यटनको उत्थानका लागि ‘जे’ टू ‘जे’ सम्मेलन एउटा उपयुक्त माध्यम बन्न सक्छ भन्नेमा धेरैको एकमत छ । भूकम्प र नाकाबन्दीले सुस्ताएको पर्यटनलाई अहिले पु्र्नजागरणको खाँचो पनि छ । यस्तोमा ‘जे’ टू ‘जे’ सम्मेलन एउटा सुनौलो अवसर पनि हो, तर, त्यसको नेत्तृत्व पर्यटन बोर्डले गर्छ भने ।

‘जे’ टू ‘जे’ सम्मेलनका लागि पर्यटन बोर्डको नेत्तृत्व किन आवश्यक छ भने, बोर्डबाट गर्न सके यो विवादरहित हुनेछ । त्यस्तै, बोर्डले अहिलेसम्म गरेका कामहरुको नजीर, बिदेशमा पर्यटन प्रवर्द्धनको अनुभव, तथा बोर्डले नेत्तृत्व लिए यो राज्यकै कार्यक्रम बन्ने हुनाले पनि बोर्डले यसमा अघि बढनु जरुरी छ । बोर्डले सम्मेलन गरे मूलधारका पर्यटन पत्रकार र ती विवादित संस्थाभन्दा बाहिर रहेकाहरुले समेत सहभागिता जनाउनेछ । जसले कार्यक्रम प्रभावकारी हुनेछ ।

अर्कोतर्फ लामो समय विभिन्न विवादले काम गर्न नसकेको बोर्डका लागि ‘जे’ टू ‘जे’ सम्मेलनको आयोजना एउटा माइलस्टोन बन्न सक्छ । त्यसैगरी नयाँ कार्यकारी प्रमुख नियुक्त दीपकराज जोशीका लागि ‘जे’ टू ‘जे’ सम्मेलनको आयोजना नेपाली पर्यटनलाई अघि बढाउने एउटा बाटो बन्न सक्छ ।

यसमा निजी क्षेत्रको भूमिका पनि अपरिहार्य हुने हुनाले बोर्डले निजी क्षेत्रसँग पनि उपयुक्त समन्वय गर्न सक्छ । त्यसैले विवादित संस्थालाई आर्थिक तथा भौतिक सहयोग गरेर विवादमा पर्नुभन्दा बोर्डले नै ‘जे’ टू ‘जे’ सम्मेलन गरेर सबैलाई समेटे उद्देश्य अनुरुपको काम हुनेछ । त्यसैले पनि बोर्ड ‘जे’ टू ‘जे’ सम्मेलन आयोजनाका लागि एकमात्र विकल्प हो ।

निजी क्षेत्रलाई सुझाव

‘जे’ टू ‘जे’ सम्मेलनबारे टान, नाट्टा जस्ता नेपाली पर्यटन क्षेत्रका प्रमुख व्यवसायिक तथा प्रतिष्ठित संस्थाहरुलाई समेत जोडेर अहिले विवादमा उत्रेका पत्रकारका संस्थाहरुले उनीहरुको समेत सहयोगमा कार्यक्रम आयोजना गर्ने गफ दिइरहेका छन् । त्यसैले ती संस्थालाई सुझावको रुपमा भएपनि केही भन्नैपर्ने आवश्यकता परेको छ ।

अहिले ठूलो काम गर्छु भनेर दाबी गरिरहेका संस्थाहरुको विगत, वर्तमान र भविष्यलाई एकपटक नियाल्दै र हिजोको सहकार्यबाट भएका उपलब्धिहरुको लेखाजोखा गरेर मात्र ती संस्थासँग साझेदारीका लागि हात बढाउनु होला । संस्थागत साझेदारी र सहयोगका लागि नेत्तृत्वले निर्णय गर्दा सम्पूर्ण सदस्यको लगानी र संस्थाको मूल्य मान्यतालाई समेत ख्याल पुर्याउनुहोला ।

अझ कतिपय पर्यटन व्यवसायीलाई समेत यस्ता कार्यक्रमका लागि उपयोग गर्ने प्रवृत्ति लामो समयदेखिकै हो । अहिले पनि त्यस्तो प्रयास भएको छ । केही थान प्रसंशाका समाचार, सम्मान र सहयोगको याचनामा रुमल्एिर वा झुटमा फसेर तपाईहरु साझेदार बन्दै जाँदा तपाईको व्यवसायिक प्रतिष्ठा र छवि तिनै पत्रकारको जस्तै होला भन्नेमा ख्याल पुर्याउनुहोला ।

नेपालमा पत्रकारिताका नाममा पत्रुकारिता गरेर जीवन चलाउने धेरै देखिएका छन र पछिल्लो समयमा पर्यटन पत्रकारितामा पनि त्यस्ता पत्रकारको संख्या बढिरहकेो छ । ‘जे’ टू ‘जे’ सम्मेलनका नाममा कतै नलुटिनुहोला ।

अन्त्यमा

नेपाली पर्यटन क्षेत्रमा साझेदारीको मुद्दा निकै पहिल्यैदेखि उठिरहेकै छ । साझेदारीको सफलतामा उदाहरण बनेको पब्लिक-प्राइभेट पार्टनरशिप -पीपीपी)को अवधारणमा स्थापित नेपाल पर्यटन बोर्ड केही समययता सुस्ताएको छ ।

निजी क्षेत्र र पर्यटन बोर्डले ‘जे’ टू ‘जे’ सम्मेलनमा साझेदारी गर्दै अगाडिको बाटो फेरि खोल्न सक्छन । जसका लागि दुवै पक्षले पहल अगाडि बढाउनु जरुरी छ । यसका लागि सकारात्मक पहलको थालनी पनि होस । जसले पर्यटन क्षेत्रमा बढ्दै गरेका विकृति रोक्न पनि सहयोग पुग्नेछ ।
(लेखक लामो समयदेखि पर्यटन पत्रकारितामा संलग्न छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment