Comments Add Comment

दोलखाका भूकम्पपीडितले ५० हजार पाए (फोटोकथा)

viber image7श्रीधर पौडेल (दोलखाबाट)

३० चैत, सिंगटी (दोलखा) । सोमबार र मंगलबार दुई दिनसम्म दोलखाको सिंगटीमा भूकम्पपीडितहरुको निकै ठूलो भीडभाड देखियो । विनाशको पीडाबाट आहत बनेको वर्ष दिन कट्नै लाग्दा उनीहरुको मुहारमा कुनै चमक थिएन ।

 घर निर्माणका लागि सरकारले बाँडेको ५० हजार अनुदान थाप्न निन्याउरो एवं थकित अनुहार लिएर पीडितहरु सिंगटीमा भेला भएका हुन् ।

viber image111

सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि दिने भनेको दुई लाख रुपैयाँको पहिलो किस्ता सोमबारदेखि दोलखाको सिंगटीबाट बाँड्न थालेको छ । सोमबार ५४ परिवारले रकम पाएका छन् । मंगलबार दिउँसोसम्म १ सय परिवारले अनुदान पाएका छन् ।

दोलखाको लादूक र लामीडाँडाका भूकम्पपीडितहरुले सोमबार र मंगलबार लाइनमा लागेर पहिलो किस्ताको अनुदान लिएका हुन् । उनीहरुले घर बनाए/नबनाएको हेरेपछि सरकारले अर्को किस्ताको रकम उपलब्ध गराउनेछ ।

viber image13यो पनि पढ्नुहोस्

एक हप्तामा ५५ सय भूकम्पपीडितले घर निर्माणका लागि अनुदान पाउने

सिंगटीमा भूकम्पपीडितलाई अनुदान दिन राष्ट्रिय वाणिज्य बैंक र इन्भेष्टमेन बैंकका कर्मचारीहरु सुरक्षाकर्मीका साथ पुगेका छन् । सरकारले पीडितका नाममा जम्मा गरिदिइएको रकम बैंकले पीडितलाई बाँडेको हो ।

सरकारले सुरुमा दोलखा सिंगटी आसपासका ६ गाविसका पीडितलाई घर निर्माणका लागि अनुदान दिने योजनाअनुसार गत फागुन ३० गतेदेखि सिंगटी आसपासमा अनुदान दिन योग्य घरहरुको पहिचान थालेको थियो ।

viber image1राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र तथ्यांक विभागका कर्मचारीहरुले पीडितहरुको पहिचान गरेका छन् । सिंगटी आसपासका गाविसमा मात्रै ५ हजार ३ सय १३ घरधुरी सरकारी अनुदान पाउन योग्य भएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ८ जिल्लाका ८ गाविसका थप ५ हजार ५ हजार ५ सय २ घरधुरीसँग पनि चैत २८ गतेदेखि घर पुनर्निर्माणका लागि राहत अनुदान सम्झौता सुरु भइसकेको छ ।

viber image8सरकारले पहिलो किस्तास्वरुप ५० हजार, निर्माण कार्य भुईँतलासम्म आएपछि दोस्रो किस्तास्वरुप ८० हजार र छाना छाउने बेलामा अन्तिम किस्ताकोरुपमा ७० हजार रुपैयाँ गरी भूकम्पले भत्काएका घरको पुनर्निर्माण गर्न २ लाख रुपैयाँ नगद अनुदान दिने जनाएको छ । नगद अनुदान लिनका लागि भूकम्प पीडितहरुले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने छ ।

पहिलो चरणको अनुदान बाँड्न बैंकको पहुँच पुगेका गाविसहरु छनोट गरिएको भूकम्पीय आवास पुनर्निर्माण कार्यक्रम केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक घनश्याम वस्तीले जानकारी दिए । यद्यपि दोलखाका पीडितलाई बैंकहरुले चेक नभई नगदमै रकम हस्तान्तरण गरेका छन् ।

हेर्नुहोस् राहत वितरणका थप दृश्य

viber image10

viber image3

viber image44

viber image4

viber image5

viber image11

viber image14

viber image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment