Comments Add Comment

नुवाकोटमा ट्रक दुर्घटना, एकको मृत्यु

Accident

कपिलदेव खनाल

१ वैशाख, नुवाकोट । नुवाकोटको समुन्द्रटारमा ट्रक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

पुनर्निर्माणको सामाग्री बोकेर राउतवेशी गविस जाँदै गरेको ट्रक समुन्द्रटार-१ मा दुर्घटना भएको हो । दुर्घटनामा परी राउतवेशी-७ के बुद्धिबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका छ जनालाई उपाचरका लागि काठमाडौं पठाइएको छ । ना ३ ख ३३१८ नम्वरको ट्रक घरको पुनर्निर्माणका लागि रड, इट्टा लगायतका सामाग्री बोकेर गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment