Comments Add Comment

रियल मड्रिडले म्यानचेष्टर सिटी प्रतिद्वन्द्वी पायो

Real-madrid-vs-Manchester-city

३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा रियल मड्रिडले म्यानचेष्टर सिटी प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार सेमिफाइनल ड्र सार्वजनिक भएको थियो । जसमा बार्यन म्युनिखले एथ्लेटिको मडि्रड प्रतिद्वन्द्वी पाएको छ ।

१० पटकको विजेता रियल मड्रिडले अप्रिल २६ मा सिटीको घरेलु मैदानमा खेल्नेछ भने मे ३ मा रियलको घरेलु मैदानमा खेल हुनेछ ।

रियल मड्रिड र म्यानचेष्टर सिटी २०१२ मा समूह चरणमा भिडेका थिए । सिटीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा टुंगिएको थियो भने रियलले घरेलु मैदानमा भएको खेल ३-२ ले जितेको थियो ।

बार्यन म्युनिखले एथ्लेटिको मडि्रडको खेल भने २७ अप्रिल र ४ मेमा हुनेछ । फाइनल इटलीको मिलानमा हुनेछ ।

यसैगरी युरोपा लिगको सेमिफाइनलमा लिभरपुलले भिल्लारियल र सेभिल्लाले साख्तर डोनेस्क प्रतिद्वन्द्वी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment