Comments Add Comment

आन्दोलनको औचित्य छैन, सरकार पनि ढल्दैनः अर्थमन्त्री पौडेल

Bishnu-Poudel

५ वैशाख, भैरहवा । अर्थमन्त्री विष्णु पौडेलले मधेस आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । उनले लोकतान्त्रिक विधीबाट निर्माण भएको संविधान संसोधन गरेर समस्या समाधान गर्न सकिने बताए ।

आइतबार भैरहवामा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ५ को भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार अहिलेको संसदबाट बनेको अन्तिम सरकार हुने बताउँदै सरकार परिवर्तन गर्ने चाहाना सम्भव नरहेको प्रष्ट पारे । उनले बर्तमान सरकारले नै संविधान र संघीयताको कार्यान्वयन गरेर स्थानीय निकाय, प्रादेशिक र संघीय व्यवस्थापिकाको निर्वाचन गराउने बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम अगामी जेठ १५ गते संसदसमक्ष पेश हुने बताउँदै तराई, पहाड, हिमाल र पुर्व पश्चिमका पछाडी परेका जनताको समृद्धिका लागि बिशेष कार्यक्रम ल्याउने समेत जानकारी दिए ।

उनले मुलुकको विकासका लागि जलस्रोत, कृषि र पर्यटन क्षेत्र निकै महत्वपुर्ण हुनाले यस क्षेत्रमा सरकारले लगानीको कमी हुन नदिने बताउँदै लुम्बिनी गुरुयोजनाको ग्लोबल टेण्डर आहृवान गरी २ वा बढीमा ३ वर्ष भित्र सम्पन्न गरिने आश्वासन दिए । तिलौराकोट देखि त्रिवेणी सम्म लगायत बुद्धसँग सम्बन्धीत क्षेत्रहरुलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण गरिने छ ।

त्यस्तै कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुक प्राकृतिक सम्पदाको धनी भएपनि यसको उपयोग नहुदाँ मुलुकले पर्यटन क्षेत्रमा फड्को मार्न नसकेको बताए ।

उनले यस क्षेत्रमा रहेको लुम्विनी, रेसुङगा, स्वार्गद्वारी लगायतका क्षेत्रमा धार्मिक पर्यटनको बिकास र हिमाली क्षेत्रमा बन्जिजम्प, प्याराग्लाइडिङ, ट्रेकिङ जस्ता शाहसिक पर्यटनको ब्यवस्थापन गर्न सके मुलुकले पर्यटन क्षेत्रबाट बिकासको गति लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment