Comments Add Comment

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्या च्याप्टरको स्थापना

inls kenya
केन्या ।  केन्याको राजधानी नैरोबीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्या च्याप्टरको गठन भएको छ । गत अप्रिलमा नैरोबीको नियारी इष्टेटमा भएको नेपाली समुदायको भेलाले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार अध्यक्षमा नारायणदेवी अखिलि क्षेत्री, उपाध्यक्षमा साङ्गे डोमा, सचिवमा रेखा राई र कोषाध्यक्षमा मृदुला राई रहनु भएको छ । 
 
त्यसैगरि सदस्यहरुमा आरसी कर्माचार्य र मिनिशा ढुंगाना रहेका छन् । उक्त भेलामा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बि.ओ.टी सहअध्यक्ष गीतकार गीता खत्री तथा अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्रीको पनि उपस्थिति थियो । नयाँ पदाधिकारीहरुलाई अनेसासमा स्वागत गर्दै हरेक साहित्यिक गतिविधिमा केन्द्रले सहयोग गर्ने अनेसासले बचन दिएको छ ।

नैरोबी लगायत म्याडागास्कर र तान्जानीयमासमेत नेपाली भाषासाहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै विदेशमा बस्ने नेपालीहरुको दोस्रो पुस्तामा नेपाली भाषासाहित्य हस्तान्तरण गर्दै लैजान सके नेपाली भाषासाहित्यले पनि विश्व रंगमन्चमा राम्रो स्थान पाउन सक्छ । यसै पुनित कार्यमा आफुले पनि सकेको योगदान गर्ने मनसुवा राखेर उक्त च्याप्टर गठन गरिएको अध्यक्ष नारायणदेवीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment