Comments Add Comment

एग्युरोले गरे प्रिमियर लिगमा १०० गोल

Sergio Aguero

८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीका सर्जिओ एग्युरोले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल गरेका छन् ।

मंगलबार राति न्यूक्यासलविरुद्ध १-१ को बराबरी खेल्ने क्रममा एग्युरोले गोल गरेका थिए । यद्यपि उनी अफसाइड थिए । तर, उनको गोललाई रेफ्रीले मान्यता दिएको छ ।

अर्जेन्टिनी स्ट्राइक रएग्युरोले २०११ अगष्टको डेब्यू खेलमा पहिलो गोल गरेका थिए । २७ वर्षका एग्युरोले मात्र प्रिमियर लिगमा १४७ खेलमा १०० गोलको रेकर्ड बनाएका छन् ।

यो दोस्रो सर्वाधिक कम खेलमा भएको १०० गोल हो । उनी भन्दा अगाडि एलन शेरेर छन् । पि्रमियर लिगमा १०० औं गोल गरे एग्युरो २५ औं खेलाडी हुन् ।

एग्युरोले ७४ गोल दाहिने खुट्टाले गरेका छन् भने १९ गोल देब्रे खुट्टाले गरेका छन् । सात गोल भने हेडबाट भएको छ । होम एण्ड अवेका आधारमा हेर्ने हो भने ५९ गोल घरेलु मैदानमा र ४१ अर्को मैदानमा भएको छ ।

उनले गरेको १०० गोलमा एक गोल पनि फि्रकिकबाट सम्भव भएको छैन । १३ गोल पेनाल्टीबाट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment