Comments Add Comment

यस्ता छन्, नविल बैंकका ग्राहक लक्षित ३ नयाँ योजना

nabil-bank-810१० वैशाख, काठमाडौं । नविल बैंकले तीनवटा नयाँ योजना सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक लक्षित परिस्कृत सेवाहरु नबिल स्मार्ट बैंक, नबिल सेयर कर्जा र सेेयर खाता सञ्चालन गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले ग्राहकमैत्री योजनाहरु ल्याउन पाउादा आफुहरु खुसी भएको बताए ।

नबिल स्मार्ट बैंक नबिलको हालको मोबाइल बैंकिङ सर्भिसको सुधारिएको संस्करण हो । नबिल स्मार्ट बैंक एउटा गा्रहक मैत्री मोबाइल एप्लिकशन हो, जसमा नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको बैंकले जनाएको छ । यसले अन्य थुप्रै विशेष र अत्यावश्यक सेवाहरु अझ बढी सुरक्षति तवरले प्रदान गर्ने बैंकले जनाएको छ ।

नबिल स्मार्ट बैंकले प्रयोगकर्ताहरुलाई एसएमएस र इन्टरनेटको माध्यमद्वारा नबिल बैंक मात्रको नभई ई-सेवा सञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम ट्रान्सफर गर्ने सेवा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, यस एप्लिकेशनले थप सेवाहरु जस्तै गुगल म्यापसागको इन्टिग्रेशन, कार्ड मच्र्यान्ट, बैंक एटीएम शाखाहरु सम्बन्धि जानकारी प्रदान गर्ने जस्ता थप सेवाहरु सहित हाल संचालनमा रहेका सेवाहरु जस्तै युटिलिटि पेमेन्ट, नोटिफिकेशन र एलर्टस् सेवाहरुलाई समेत निरन्तरता दिएको छ ।

अभौतिक शेयर धितो राखि झन्झट मुक्त र सिघ्र सेवा चाहने लगानी कर्ताहरुलाई नबिल सेयर कर्जाले सुविधा प्रदान गर्दछ । बैंकका अनुसार नबिल शेयर कर्जा शेयर कारोवारमा सक्रिय लगानीकर्ताहरुको आवश्यकक्ताहरुलाई पुर्ति गर्ने उद्देश्यले नबिल शेयर कर्जा ल्याइएको हो । शेयर कर्जा तथा अभौतिक शेयर व्यवस्थापनको समाधन नबिल शेयर कर्जाले गर्छ ।

सेयर खाता एक नबिनतम बचत खाता हो, जसमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरुको शेयरमा लगानी गर्न इच्छुक व्यक्तिहरुका लागि सेवा र सुविधाहरु थप गरिएकाछन् ।

सेयर खाता शेयर/सुरक्षणपत्रहरुमा लगानी र समयमै नगद लाभांश र आइपिओ/एफपीओ लगानीको रिफण्डका लागि सुरक्षित तथा उपयुक्त खाता हो । नबिल बैंकको सब्सिडियरी नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न इच्छुक लगानीकर्ताहरुले नबिल बैंकको जुनसुकै शाखा मार्फत अब डिम्याट खाता खोल्न आवेदन दिन सक्नेछन् ।

नबिल बैंकले आफ्नो पेशागत र प्रभावकारी बैंकिङ सेवाहरु आफ्ना ५२ वटा शाखाहरु, ९० वटा एटिएम र १५०० भुक्तानी प्रतिनिधिहरुको वृहत् नेटवर्क मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment