Comments Add Comment

प्रमोदले झुमाए, विल्सनले हसाए युएईका नेपालीलाई

takme budaयुएई । ‘राईझुमा झुमा क्या मस्काकी’ बोलको गीत सँगै कार्यक्रममा आफ्नो प्रस्तुती सुरु गरेपछि आयोजकले दर्शकलाई सम्हाल्न गाह्रो भयो ।

युएईको अल ऐनमा आयोजित नयाँ वर्ष साँझ २०७३ कार्यक्रममा प्रमोदले यहाँ कार्यरत नेपालीहरुलाई आफ्ना प्रस्तुती मार्फत आनन्दित तुल्याए ।

प्रमोदले गीत गाउँन सुरु गरेपछि निकै उत्साहित भएका दर्शकहरु प्रमोदसँगै नाच्नका लागि स्टजमै आएका थिए । जस्ले गर्दा आयोजकलाई स्वयंसेवक लगाएर दर्शकलाई नियन्त्रनै गर्नुपरेको थियो ।

pramod kheralप्रमोदले राईझुमा सँगै, ‘मुस्किल छ पोखरामा’, ‘लागि लागि मेरो यो चोखो माया तिम्रै लागि’ ‘जस्ले नि किन रुवाउँछ’ लगायत आधा दर्जन गीत गाएका थिए ।

यस्तै कार्यक्रमको वीचमा आफ्नो प्रस्तुति दिएका विल्सन विक्रम राईले पनि साताभरी काममा ब्यस्त रहेने नेपालीलाई शुक्रबारको एकदिने छुट्टीका दिन रमाईलो का साथ विताउन मदत गरे ।

सुरुमा तक्मे बुढा र त्यसपछि आफ्नै भेसमा आएका विल्सनका विभिन्न प्रस्तुतीले दर्शकलाई मजाले हँसाएको थियो ।

वीच वीचमा अबरोध आएपछि तक्मे बुढाको भेसमा त्यति राम्रो प्रस्तुती नदिएका विल्सनले पछि भने दर्शकलाई पेट मिचि मिचि हँसाए । विल्सनले आफ्नो प्रस्तुतीको अन्त्यमा आफ्नो गीत सेन्तेरामको केहि अंश गाउँनुको साथै सुर्के थैली खोई बोलको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा नव गायिका साइरा श्रेष्ठ, लोक गायिका शान्ती श्री परियार र लोक गाएक यम थापा मगरले समेत बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।

uae_programmeयस्तै कार्यक्रममा युएईमा रहेका कलाकारहरुले समेत आ आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । भुकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका उच्च माविको सहयोगार्थ एन आर एन युएई क्षेत्रिय समिति अल ऐनको आयोजनमा भएको कार्यक्रममा नेपाली दुतावास युएईका कार्यवाहक राजदुत नेत्र बहादुर टण्डन, श्रम काउन्सिलर भेस बहादुर कार्की, एन आर एन युएईका अध्यक्ष सुदिप कार्की लगायत युएईमा कार्यरत ८ सय भन्दा बढि नेपालीहरुको समभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment