Comments Add Comment

स्टोकमाथि म्यानचेष्टर सिटी सहज जित, तेस्रो स्थानमा उक्लियो

Iheanacho

११ वैशाख, काठमाडौं । स्टोक सिटीमाथि सहज जित हात पार्दै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मडि्रडसँग खेल्नु अघि सिटीले स्टोकलाई ४-० ले हराएको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ३५ औं मिनेटमा फर्नान्डिन्होको हेडबालबाट अग्रता लिएको थियो । ४३ औं मिनेटमा सर्जिओ एग्युरोले पेनाल्टी गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २-० ले अगाडि रहृयो ।

दोस्रो हाफमा दुबै गोल इहिनाचोले गरे । उनले ६४ र ७४ औं मिनेटमा गोल गरेका हुन् ।

जितपछि म्यानचेष्टर सिटीको ३५ खेलबाट ६४ अंक भएको छ र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्सनलको ६३ अंक छ र एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment