Comments Add Comment

चौधरी ग्रुपले बनायो २ हजार ५४० आपतकालीन वासस्थान

Binod Chaudhary

१३ वैशाख, काठमाडौं । चौधरी ग्रुपले भूकम्प प्रभावितहरुका लागि २ हजार ५ सय ४० वटा आपतकालीन वासस्थान निर्माण गरेको छ ।

चौधरी ग्रुपले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भुकम्प प्रभावितहरुका लागि एक वर्षको अवधिमा आफूले २ हजार ५ सय ४० वटा आपतकालीन वासस्थानका साथै ३७ वटा विद्यालय भवन बनाएको जानकारी दिएको हो ।

चौधरी ग्रुपले विभिन्न्ा जिल्लाका ८ वटा स्थानका भुकम्प प्रभावितलाई ५ सय ७१ वटा वासस्थान तथा ७ वटा विद्यालय भवन सम्बन्धित विद्यालयका व्यवस्थापन समितिलाई आइतबार र सोमबार हस्तान्तरण गरिएको जनाएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भारतको नाकाबन्दीका बेला इन्धन र निर्माण सामाग्रीको अभावका वाबजुद आफूहरुले भुकम्प प्रभावितहरुका लागि आश्रय बनाएको बताए । अप्ठेरो परेका बेला र प्रतिकुल परिस्थितिमा आश्रय बनाउन सकेर प्रभावितलाई हस्तान्तरण गर्न पाएकामा गौरवान्वित रहेको उनले बताए ।

चौधरी ग्रुपले भूकम्प लगत्तै सिजी आश्रय परियोजनामा भूकम्प प्रभावितहरुलाई १० हजार वटा आश्रय बनाउने घोषणा गरेको थियो । चौधरी ग्रुपले भुकम्पले भत्काएका एक सय वटा विद्यालयको पुनर्निमाण गरिदिने घोषणा पनि गरेको थियो ।

चौधरीले घोषणा अनुसार अन्य आश्रय निर्माणाधीन रहेको र सकेसम्म मनसुन अगाडि नै निर्माण सकेर भुकम्प प्रभावितहरुलाई हस्तान्तरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment