Comments Add Comment

राष्ट्रसेवक कर्मचारीको काम परिणाममुखी हुनुपर्छः मन्त्री मानवी

Shanta-Manabi

१४ वैसाख, ताप्लेजुङ । पशुपक्षी विकास मन्त्री शान्ता मानवीले मन्त्रालय र देशभर भएका सरकारी कर्मचरीले परिणाममुखी काम गरे मात्र देशको विकास सम्भव भएका बताएकी छन् ।

सरकारले देशभर सुरु गरेको निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएकी मन्त्री मानवीले मंगलबार सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्-‘ प्रधानमन्त्री, मन्त्री सबै अस्थाई तर कर्मचरीतन्त्र स्थाई सरकार भएकाले राष्ट्रसेवक कर्मचारीले मुखभन्दा धेरै काम गर्ने हात चनाउनु आवश्यक छ ।’

अर्को प्रशंगमा मन्त्री मानवीले अण्डा, दुध र मासुमा देशलाई आत्मनिर्भर बनाउने लक्ष रहेकाले सरकाले यसकै विकासका लागि पशुपंक्षी विकास मन्त्रालय स्थापना गरेको र अहिले देशको भुगोल अनुसार अण्डा, दुध र मासु उत्पादन हुने क्षेत्रको पहिचान गरी लगानी गर्ने काम मन्त्रालयले सुरु गरेको बताइन् ।

नयाँ मन्त्रालय भएकाले स्थापनाको केहि महिना मन्त्रालय व्यवस्थापनमानै खर्चनुपरेको भन्दै मन्त्री मानवीले मन्त्रालयले पहिलो वर्षमा अन्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूधमा आत्मनिर्भर बनाउने लक्ष्य अनुुसार काम गर्न मातहतका निकाय र कर्मचारीलाई निर्देशन समेत दिइन् ।

सोमबार साँझ ताप्लेजुङ आइपुगेकी मन्त्री मानवीले विहान पार्टीका कार्यकर्तासँग भेटवार्ता गरेकी थिइन् भने सदरमुकामस्थित तमोर महिला कृषी सहकारी सस्थाले सञ्चालन गरेको बंगुर फार्मको निरीक्षण गरी कृषकहरुको गुनासो समेत सुनेकी थिइन् । मन्त्री मानवीस मक्ष कृषकहरुले बाख्रापालन, बंगुरपालन र कुखुरापालनमा सरकारले लगानी गर्न र विमालाई प्रभावकारी बनाईदिन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment