Comments Add Comment

दिलमायाले पाइन् ९६ वर्षमा नागरिकता

१८ वैशाख, भोजपुर । भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गरेका हुन् ।

शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ ।

शिविरमा स्वास्थ्य, वन, कृषि, पशुसेवा, महिला विकास, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैकलगायतका कार्यालयको सेवा प्रवाह भएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment