Comments Add Comment

स्मार्ट गहना, जसले महिलालाई सुरक्षित महसुस गराउँछ

safer-1

केटाहरुले जिस्काएको सन्दर्भमा प्रायः केटीहरु आफुलाई असुरक्षित महशुस गर्छन् । त्यसबाट बच्न उनीहरु भाग्ने प्रयास गर्छन् ।

कुनै केटाले जिस्क्याउँछन् भनेर घरबाटै बाहिर ननिस्कन पनि त सकिँदैन । तर उनीहरुको मनमा एक प्रकारको डरले भने सदैव डेरा जमाइरहेको हुन्छ । महिलाहरुको यस्ता डरलाई हटाउन एउटा गहना उपयोगी हुन सक्छ । जसलाई घाँटीमा भिरेर कुनैपनि महिला पुरुषहरुबाट बच्न सक्ने दाबी गरिएको छ ।

दिल्लीका पाँच बिद्यार्थीहरु मानिक, अभिनाश, आयुश, चिराग र पारसले पढाइका क्रममा नयाँ प्रोजेक्ट सार्वजनिक गर्ने बारेमा सोचिरहेका थिए । आफ्नो रिसर्चका क्रममा उनीहरुले थाहा पाए कि संयुक्त राष्ट्रसंघको एक अनुसन्धानको नतिजा अनुसार हरेक १३ सेकेण्डमा संसारमा कुनै एक महिलामाथि दुर्व्यवहार हुने गरेको छ ।

भीडभाडयुक्त शहरमा बलात्कार या अपहरणको समाचारहरु पनि सुनिन्छ । यस्ता विषयमा यी पाँच बिद्यार्थीहरुले चर्चा सुरु गरे । एक दिन रातको समयमा पारस दिल्लीको मुनिरका नजिकैबाट गइरहेका थिए । जहाँ ‘निर्भया’लाई बलात्कार गरिएको थियो ।

पारसले आफ्नो साथीसँग भने कि निर्भया प्रकरणको दुई बर्षपछि पनि त्यहाँ यस्तै खतरा कायमै छ जस्तो त्यसअघि हुने गर्थ्यो । त्यसपछि पाँच प्रशिक्षार्थी इञ्जिनियरहरुले सोचे कि यो किन नगर्ने जसले महिलाहरुको सुरक्षा बढोस् तथा उनीहरुले आफुलाई सुरक्षित महशुस गरुन् । यसै सोचको प्रतिफलस्वरुप २०१४ मा ‘लिफ वियरेवल्स’को जन्म भयो ।

लिफ वियरेवल्स सुरु गर्ने पाँच बिद्यार्थीहरुको उमेर २२ बर्षको आसपासमा थियो । उनीहरु कोहीले आइआइटी त कोहिले दिल्ली कलेज अफ इञ्जिनियरिङमा पढाइ गरेका थिए । सुरुमा यिनीहरुलाई आफ्नो प्रोजेक्ट सुरु गर्नका लागि निक्कै समस्याको सामना गर्नुपरेको थियो । मूख्यतः उनीहरुसँग यस प्रोजेक्टको पुरा गर्नका लागि पैसाको अभाव थियो ।

आफ्नो प्रोजेक्ट सुरु गर्नका लागि यी पाँचैजनाले विजनेश प्लान प्रतियोगितामा सहभागी हुन सुरु गरे । दुवईमा शुने जिटेक्स स्टुडेन्ट ल्याव प्रतियोगितामा लिफको टोलीलाई १६०० मध्ये १२०० भोट मिलेको थियो ।

यस्ता थुप्रै प्रतियोगिता जितेपछि सन् २०१५ को अन्त्यतिर लिफ वियरेबल्सका उद्योगीले साँढे दुई लाख डलर जम्मा गरे र यसलाई कम्पनीको सुरुवाती पुँजी बनाए ।

safer

यस स्मार्ट ज्वेलरी सुरुवातमा कण्ठी, ब्रासलेट अथवा की-चेन बनाइनेछ । यसमा एउटा सानो गोलाकार मेसिन हुन्छ । जसलाई ‘सेफर’ भनिन्छ ।

यस लकेट, ब्रासलेट वा चेनको प्रयोग गर्ने महिलाले आफुलाई असुरक्षित महशुस भएमा तुरुन्तै त्यसभित्रको बटन दुई पटक थिच्नुपर्नेछ ।यति गरेपछि उनलाई परेको खतराको जानकारी परिवारका सदस्य तथा साथीहरुलाई एसएमएस जान्छ । यस डिभाइसमा एउटा एप जोडिएको हुन्छ, त्यसले प्रयोगकर्ताको लोकेसन र समयको बारेमा जिपीएस प्रणालीद्वारा जानकारी दिन्छ ।

यस डिभाइसमा तपाईंको लोकेसनबाट नजिकमा रहेको अस्पताल र पुलिस स्टेसनको जानकारी समेत हुनेछ ।

एक कजेल स्टुडेण्ट तान्याले भनिन्-‘म चार महिनादेखि यस सेफर प्रयोग गर्छु । तपाईं जहाँसुकै जानुहोस तपाईंको घरका मानिसले थाहा पाउनुहुन्छ । त्यसैले म निक्कै सुरक्षित गर्छु । यसका बनौट निक्कै राम्रो छ र लगाउन सजिलो छ ।

ग्राफिक डिजाइनर आदिती कक्कँड जव देहरादुनबाट दिल्ली जान चाहन्थिन् । त्यतिबेला सबैभन्दा बढि चिन्ता उनलाई आफ्नी आमाको लाग्थ्यो ।

आमा चाहदैनथिन् कि उनी दिल्ली गएर बसुन् । आदिश्री भन्छिन्-‘मैले जहिलेदेखि सेफर प्रयोग गर्न सुरु गरेँ, त्यतिबेलादेखि मेरी आमाको चिन्ता हटेको छ । एपको माध्यमबाट मैले उहाँलाई मेरो लोकेसनको बारेमा जानकारी दिन्छु । सेफर निक्कै काम आएको छ किनकी आमालाई घरैमा बसेर जानकारी हुन्छ कि म कहाँ कहाँ गइरहेकी छु भनेर ।’

यस स्मार्ट ज्योलरीको मूल्य बजारमा ३५०० देखि ५००० भारुसम्म पर्छ । मनिकले बताए कि अहिलेसम्म यसको ५ हजार सेट बिक्री भइसकेको छ ।

त्यसमध्ये १ हजार उनीहरुले टर्कीमा बिक्री गरेका छन् । उनीहरु अर्को बर्षसम्म १० लाख परिवारलाई सुरक्षित बनाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment