Comments Add Comment

सधै हसाँउने शिशिरले रुवाए दर्शक, ‘रोल्पा रोग’को औषत व्यापार

shisir bhandari
टेलिभिजनको पर्दामा होस् वा विभिन्न चलचित्रमा, कलाकार शिशिर भण्डारीले दर्शकलाई खुबै हसाँएका छन् । अभिनेताको रुपमा सफल हुँदै अगाडि बढेका शिशिरले यसपटक भने दर्शकलाई रुवाएका छन् । उनले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘रोल्पा रोग’ शुक्रबारबाट देशभरका हलमा रिलिजमा आएको छ ।

चलचित्र हेर्न औषत दर्शक हलसम्म पुगेका छन् । तर, जतिले चलचित्र हेरेका छन्, राम्रै प्रशंसा गरेको शिशिरले बताए । उनले यो चलचित्रबाट आफूले हसाँउन मात्र होइन अन्य विधामा अभिनय पनि गर्न सक्छु भनेर प्रष्ट्याउन चाहेको बताए ।

उनका अनुसार चलचित्र हेरेर दर्शक रुँदै हलबाट निस्किएका छन् । माओवादी जनयुद्धको समयमा ३ यूवाले भोगेको पीडालाई चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको छ । दीपक वलीले चलचित्रलाई निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment