Comments Add Comment

प्रत्येक प्रदेशमा के-के बन्ने भए ?

Bidhya-and-KP-Oli
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्या भण्डारीलाई हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी ओली

२६ वैशाख, काठमाडौं । सरकारले संघीय संरचनाअनुसार प्रत्येक प्रदेशमा भौतिक पूर्वाधार विकासको योजना अघि सारेको छ ।

सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी मानिएको जलाशययुक्त जलविद्युत आयोजना हरेक प्रदेशमा बनाउने उल्लेख छ ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्बजनिक गरेको नीति तथा कार्यक्रम अनुसार ति जलायसयुक्त जलविद्युत आयोजनाहरु बहुउद्देश्यीय हुनेछन् ।

यसैगरी सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र पनि स्थापना गर्ने छ । त्यसका लागि सरकारले यसअघिदेखि नै तयारी थालेको थियो ।

सबै प्रदेशमा बजार अनुगमनका कार्यालयहरु र रंगशाला निर्माण गरिने भएको छ ।

प्रत्येक प्रदेशमा एक-एक वटा श्रम कार्यालय स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । सबै प्रदेशमा एक-एक वटा निजामति अस्पताल र एक-एक वटा ठूला रंगशाला बनाउने पनि सरकारले घोषणा गरेको छ ।

यस्तै सबै प्रदेशमा रहने गरी कम्तिमा ९० दिनलाई पुग्ने ग्यास तथा पेट्रोलियम भण्डार स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment