Comments Add Comment

मुम्बईलाई हराउँदै सनराइजर्स शीर्ष स्थानमा उक्लियो

Ashish-Nehra

२६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्समाथि ८५ रनको फराकिलो अन्तरको जित हात पारेको छ ।

विशाखापटनममा भएको खेलमा मुम्बईले जितका लागि १७८ रनको लक्ष्य पाएको थियो । तर, आशिष नेहरा र मुस्ताफिजुर रहमानले घातक बलिङ गरेपछि मुम्बई १६.२ ओभरमा मात्र ९२ रनमा अलआउट भयो ।

उसका लागि हरभजन सिंहले नटआउट २१ रन बनाए । क्रुनाल पाण्डेले १७ र किरण पोलार्डले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाएको थियो । उसका लागि शिखर धवनले अविजित ८२ रन बनाए । ५७ बलको सामना गरेका उनले चौका र एक छक्का हानेका थिए ।

डेभिड वार्नरले ४८ न बनाए भने युवराज सिंहले ३९ रनको महत्वपूर्ण पारी खेले ।

जितपछि सनराइजर्स हैदराबाद ९ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई खेलबाट अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment