Comments Add Comment

ज्याला विवादमा साथीको हत्या गर्ने मजदूर पक्राउ

३० वैशाख, काठमाडौं । सँगै मजदूरी गर्ने क्रममा विवाद भएपछि साथीको हत्या गरेर फरार भएकामध्ये एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

Mritakगोरखा छेपेटार घर भइ काठमाडौंको ताराकेश्वर नगरपालिका क्षेत्रमा घर बनाउने काम गर्दै आएका श्याम बहादुर मगरको शव तारकेश्वर ९ पृथ्वीटोलस्थित कमेरे खोलामा धारिलो हतियार प्रयोग गरेर मारेको अवस्थामा गत वैशाख १० गते भेटिएको थियो ।

घटनामा संग्लग्न ३ मध्ये रसुवा भोर्ले ३ इर्स्यु घर भएका ४६ बर्षीय कृष्ण बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख २ गते माछापोखरी चोकमा चिनजान भएपछि कृष्णले श्यामलाई काममा लगाएका थिए । सुरुमा कृष्णले दैनिक ज्याला १२०० दिने भनेको तर ठेकेदारले ११०० मात्रै दिएका थिए ।

६ दिन काम गरेर ज्याला बुझेपछि बेलुकी आरोपी कृष्णकै निवासमा रक्सी खाएर बाहिरिएका मृतक श्याम ज्यालामा चित्त नबुझेको भन्दै बाहिरिएका थिए । तर आरोपी कृष्ण सहितको तीन जनाको टोलीले पिच्छा गर्दै उनको हत्या गरेको प्रहरीको प्राम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ ।

प्रहरीले हत्यामा कृष्ण, ठेकेदार र उनका भान्जा मिलेर हत्या गरेको बताएको छ । हत्यामा संग्लग्न अन्य दुईको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment