Comments Add Comment

द्रुतमार्ग राज्यले बनाउने निर्णयप्रति काँग्रेस नेता कोइरालाको आपत्ति

३० वैशाख, पाँचथर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले निजगढ द्रुतमार्ग राज्यले बनाउने गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

shekhar koirala (1)नेपाल शिक्षक सङ्घ पाँचथरको २७औँ स्थापना दिवसका अवसरमा फिदिममा आयोजित कार्यक्रममा उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलगाई राज्यले आफैँ बनाउने निर्णय गलत भएको टिप्पणी गरे ।

सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो लागे पनि त्यो व्यवहारमा कार्यान्वयन गर्न नसकिने उनले बताए ।

काँग्रेसले सरकारको निगरानी गरिरहेको उल्लेख गर्दै नेता कोइरालाले आफूहरु सशक्त प्रतिपक्षमा बसिरहेको र आवश्यक परेका बेला सरकारमा जानसक्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment