Comments Add Comment

नाै महिनामा प्रभु बैंकले सवा ७६ करोड कमायो

prabhu-bank

३१ वैशाख, काठमाडौं । प्रभु बैंकले चालू अार्थिक वर्षको चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत यसै अविधको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकको व्याज आम्दानी २२ करोड रुपैयाँ बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेपछि बैंकको नापफा बढेको हो ।

फि र कमिशनबाट बैंकले ७ करोड, अन्य सञ्चालन आम्दानी १८ करोड र विदेशी विनिमय कारोबारबाट १० करोड रुपैयाँ कमाएको छ भने५९ करोड रुपैयाँ संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता ९राइटव्याक० गरेको छ ।

 एक वर्षको अ बैंकवधिमा बैंकले २२ अर्ब रुपैयाँ निक्षेप र १८ अर्ब रुपैयाँ कर्जा  थप गरेको छ । ०७२ चैत मसान्तसम्ममा बैंकले ५४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

केही महिना अघिमात्रै यो बैंकले ग्रान्ड बैंकलार्इ गाभेको थियो । मर्जको प्रभावस्वरुप बैंकको वित्तीय आकारमा भने उल्लेख्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment