Comments Add Comment

दुई वर्षदेखि नाबालिकाको यौन शोषण गर्दै आएका तत्मा रंगेहात पक्राउ

Upendra-Sada

३१ वैशाख, सप्तरी । एक नाबालिकासँग दुई वर्षदेखि अवैध सम्बन्ध राखेर निर्दोषलाई त्यसमा फसाउन सफल भएका थिए ३७ वर्षीय उपेन्द्र दास तत्मा । पछिल्लोपटक भने उनलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

सप्तरीको कञ्चनपुर नगरपालिकाका तत्मा चार सन्तानका बाबु हुन् । बकधुवा गाविस ७ स्थित एक घरबाट गत मंगलबार २ बजे १३ वर्षीया बालिकासँग आपत्तिजनक अवस्थामा उनलाई स्थानीयले फेला परेका थिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

तत्माबिरुद्व जबर्जजस्ती करणी मुद्दा चलाइएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । उनलाई वैशाख २८ गतेदेखि ७ दिनको म्याद थप गरिएको र हाल इलाका प्रहरी कार्यालय भारदहमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उपेन्द्रसँगै आपत्तिजनक अवस्थामा फेला परेकी बालिकालाई भने परिवारको जिम्मा लगाइएको छ । उपेन्द्रले ती बालिकालाई ललाई- फकाई गरेर विगत दुई बर्षदेखि यौन शोषण गर्दै आएका थिए । यस बिषयमा बालिकाको परिवारले प्रहरी समक्ष उजुरी दिन जाँदा प्रहरीले विश्वास नलागेर लिन मानिरहेको थिएन । तर प्रहरीले नै उपेन्द्रलाई बालिकासँग आपत्तिजनक अवस्थामा फेला पार्‍यो ।

निर्दोषलाई पनि फसाइयो

गत फागुन महिनामा उपेन्द्रले ति बालिकासँग दुष्कर्म गर्दै आएको गाउँलेहरुले थाहा पाए । त्यसपछि एउटा केटा खोजेर ति बालिकाको विवाह गरिदिने सोच स्थानीयले बनाएका थिए ।

गाउँमै फेला परेका सतना नामका व्यक्तिसँग विवाहको कुरा पनि चल्यो । तर, यस बीचमा तत्माले पुनः बालिकालाई फकाएर प्रहरीकोमा लगी सतनाले नै करणी गरेको भन्दै उजुरी दिन लगाए । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरले सतनाबिरुद्व जर्वजस्ती करणी मुद्दा चलायो । फागुन २८ गते मुद्दा चलाएको केहि दिनमै सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि भन्दै थुनामा पठाउने निर्णय गरेपछि उनी अहिले राजविराज कारागारमा छन् ।

सतनालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै ती बालिकाकी आमाले आफ्नी छोरीलाई उनले केहि नगरेको भन्दै चैत ४ गते नै पुनरावेदन अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिन् । सतनाको हकमा दायर गरिएको यो रिट पुनरावेदनले खारेज गरिदियो । पुर्पक्षका लागि बहस भइरहँदा ती बालिकाले समेत अदालतमा निवेदन दिँदै सतनाले केहि नगरेको बताइन् । तर पनि अदालतले उनलाई छाडेनन् ।

यसबीचमा बालिकाको तथा सतनाको परिवार सतनालाई छोडाउन धेरै प्रयास गरे पनि सफल हुन सकेनन् । सतना कारागारमा पुगेपछि पनि उपेन्द्रले ती बालिकालाई योनशोषण गरिरहे, प्रायः बाहिर लगेर ।

उपेन्द्रले आफ्नी छोरीलाई लगेर यौन शोषण गरेको भन्दै बालिकाकी आमाले पटक-पटक इलाका प्रहरी कार्यालयमा उजुरी दिन गएपनि प्रहरीले उजुरी नलिएको पत्रकार सम्मेलन गरेर पीडित परिवारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment