Comments Add Comment

पर्यटनमन्त्रीले भने- नेपाल बुद्ध दर्शनको उद्गम स्थल हो

Ananda-Pd-Pokhrel

३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल बुद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । सिद्धार्थ गौतम बुद्धको जन्म र बुद्ध दर्शनको सुरूवात नेपालबाटै भएको उनको तर्क छ ।

रिपोर्टर्स क्वलले सोमबार आयोजना गरेको साक्षत्कारमा मन्त्री पोखरेलले भने- ‘सरकारले २५६०औं बुद्धजयन्तीका अवसरमा  अन्तराष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको छ, गोष्ठीले नेपालको लुम्बिनी र कपिलबस्तु बुद्ध दर्शनको उद्गमस्थल भएको प्रमाणित हुन्छ ।’

बुद्ध धर्मका तीन सम्प्रादाय नेपालमै विकास हुनुका साथै दरबार, परिवार र श्रीपेच एकै पटक त्याग्नका लागि बुद्ध्रत्व प्राप्त नभएको भए सम्भव नहुने उनको भनाई छ ।

आगामी जेठ ६ र ७ गते काठमाडौंमा बुद्ध दर्शनसम्बन्धी गोष्ठी हुनेछ भने ८ गते लुम्बिनीमा बुद्धजयन्ती समारोह हुनेछ । सम्मेलनमा विभिन्न देशमा संस्कृतिमन्त्री र २१ मुलुुकका भिक्षुहरु आउने भएका छन् । गोष्ठीमा बुद्ध दर्शनसम्बधी वृहत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment