Comments Add Comment

वाणिज्यमन्त्रीसँग १०५ तोला सुन, १५ सय तोला चाँदी र २ कराेड नगद

४ जेठ, काठमाडाैं । वाणिज्यमन्त्री जयन्त चन्दले अफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको श्रीमती र छोरीका नाममा काठमाडौँ र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ ।

Jayant-Chandउनीसँग सवारी साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ ।

त्यस्तै सुन १०५ तोला, चाँदी एक हजार ५०० तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा एक करोड ९५ लाख ४९ हजार ३०५ रूपैयाँ मौज्दात तथा विभिन्न बैंंक तथा संस्थाका ६३६ कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।

उनका पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment