Comments Add Comment

सिलिन्डर पड्किँदा एकको मृत्यु, तीन घाइते

७ जेठ, ललितपुर । ललितपुर उपमहानगरपालिका–१९ स्थित हौगलटोलमा अक्सिजन सिलिन्डर ग्यास पड्किँदा एकको मृत्यु भएको छ ।

हौगल बस्ने ४० वर्षीय धु्रव ताम्राकारको ज्यान गएको हो । हौगलस्थित कृष्णगोविन्द ताम्राकारको चारतले भवनको भुइँ तल्लामा सञ्चालित तामा–पित्तलको वाइरिङ कारखानामा ग्यास चुहावट भएर सिलिन्डर पड्किँदा चार जना गम्भीर घाइते भएका थिए ।

ताम्राकारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता किशनसिंह थापाले जानकारी दिए ।

घाइते हुनेमा सुरेश ताम्राकार, राजेश ताम्राकार र कविना ताम्राकार छन् । रहेका सुरेश र राजेश ताम्राकारको शरीरको अधिकांश भाग जलेकाले बोल्न नसक्ने अवस्थामा छन् भने अर्की घाइते कविना सामान्य अवस्थामा छिन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment