Comments Add Comment

युरोपकै समृद्ध शहरः जहाँ भाडामा बस्ने घर पाइँदैन

sweden

तपाईंलाई विश्वास नहुन सक्छ, विश्वमा त्यस्ता शहर पनि छन्, जसमा भाडाको घर खोज्नुभयो भेटाउन कै लागि ९ वर्षसम्म लाग्न सक्छ ।

धेरैले यो कुरा नपत्याउलान, तर, सत्य यही हो । स्वीडेनको राजधानी स्टकहोम शहरमा भाडाको कोठा खोज्नु भनेको बगरमा सुन खोज्नु जस्तै हो । जसलाई भेट्टाउन सजिलो छैन ।

स्टकहोम विश्वको सानदार शहरहरुमध्ये पर्छ, जहाँ बस्न धेरैले रुचाउँछन् । यहाँ कम्पनीहरुमा जागिर बरु सजिलै मिल्न सक्छ । तर, यहाँ बस्नको लागि घर खोज्न सजिलो छैन । नौ वर्षसम्म लाग्न सक्छ । झन केही महत्वपूर्ण इलाका र क्षेत्रमा घर खोज्दा २० वर्षसम्म लाग्न सक्छ । यो यति लामो समय हो कि यसलाई अब गिजिन बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता गराउने तयारी छ ।

स्टकहोममा घर खोज्नुमात्रै होइन, ‘सेयरिङ फ्ल्याट’ लिन पनि सजिलो छैन । यो युरोपमै तीव्र रुपमा विकास भइरहेको राजधानी हो ।

स्टकाहेममा बाहिरी मुलुकबाट आएर बस्नेहरुको संख्या निकै बढेको छ । यसैका कारण यहाँ स्टार्ट अप कम्पनीहरुले कारोबार सुरु गरेका छन् । त्यसैले यहाँ जनसंख्या बढ्दै गर्दा घर र फ्ल्याट पाउन लगभग असम्भव जस्तै बनेको छ ।

sweden-1

ठूला भवन बनाउनेका लागि राखिएका कडा नियम, हाउजिङमा लगानीको कमी र सरकारकको अदूरदर्शी योजनाका कारण भाडको घर पाउन मुस्किल भएको छ ।शहरमा रहेका स्थायी बासिन्दाका लागि पर्याप्त आवास छैन । यस्तैमा बाहिरबाट मान्छे ओइरिएका छन् ।

भर्खरै संगीत कम्पनी स्पार्टीफाइले स्टकहोम शहरको प्रशासनलाई पत्र लेख्दै आवासीय भवनको अभावले कारोबारमा असर परेको भन्दै स्थिति सुधारका लागि कदम नचाले आफ्नो मुख्यालय अन्तै लैजाने चेतावनी दिएको छ । स्टकहोेममा पछिल्लो एवर्षमा आवासीय घरको मूल्य १४ प्रतिशतले बढेको छ ।

कारोबारका लागि आएका कम्पनीले आफ्ना कामदार राख्न एकीकृत रुपमा घर किन्न नपाउने नियम यहाँ लगाइएको छ । यहाँ अहिले पनि ५० लाख मानिस भाडाको घरको प्रतिक्षामा छन् । स्टकहोेकमा घर मालिक बाहिर रहने अवस्थामा मात्रै घर भाडामा दिने स्थिति छ ।

यहाँ भाडामा घर पाएकाहरु आफूलाई निकै भाग्मानी ठान्छन् । तर, सबैसँग घर भेटाउन गर्नुपरेको संघर्षको कथा भने हुन्छ । सजिलै घर भेटाउन नसकेपछि दुःख नभोग्ने नगन्य नै होलान् ।

स्वीडेनका ६१ प्रतिशत कम्पनीमा कामदारको अभाव छ, यसको प्रमुख कारण स्टकहोममा घरको अभाव हुनु पनि हो । ठूला कम्पनीहरुले एजेन्टमार्फत कामदारका लागि घर खोज्छन् । तर, साना कम्पनीहरु त्यसो गर्न सक्दैनन् ।

स्टकहोमको प्रशासनले यो समस्या हटाउन ४० हजार अर्पार्टमेन्ट बनाउन सुरु गरिएको जनाएको छ ।

सन् २०३० सम्म १ लाख अर्पार्टमेन्ट बनाउने लक्ष्य राखिएको छ । तर, कतिपय स्थानीय नयाँ अर्पार्टमेन्ट बनाउने बाहानमा शहरको सुन्दरता, र प्राकृतिक सन्तुलनमा सम्झौता गर्न नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment