Comments Add Comment

लुइस भान गाल म्यान्चेस्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त

Van-Gal

१० जेठ, काठमाडौं । इंग्लिस महारथी क्लव म्यान्चेस्टर युनाइटेडले आफ्ना डच प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको छ ।

एफए कपको उपाधि जितेको दुई दिनपछिनै भान गाल बर्खास्तीमा परेका हुन् । उनको स्थानमा पोर्चुगलका प्रशिक्षक जोसे माउरिन्होलाई ल्याउने लगभग निश्चित छ । माउरिन्हो चेल्सीबाट यस सिजनको मध्यतिर बर्खास्तीमा परेका थिए ।

पछिल्लो दुई सिजनदेखि निक्कै खराव प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडले भानगालको आगमनपछि पनि पि्रमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । यो सिजन युनाइटेडले पाचौं स्थानमा रहेर लिग सकाएको थियो । युनाइटेडले लगातार दोस्रो सिजन च्याम्पियन्स लिग खेल्न पनि नपाउने भयो ।

६४ बर्षीय भानगालसँगै उनका कोचिङ स्टाफहरु असिस्टेन्ट कोच अल्वर्ट स्टुइनबर्ग, गोलकिपर प्रशिक्षक प|mान्स होकपनि युनाइटेडबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment