Comments Add Comment

भारतको देहरादुनमा पहिरोमा पुरिएर १० नेपाली कामदारको मृत्यु

landslide-in-Dehradun

१० जेठ, काठमाडौं । भारतको देहरादुनमा पहिरोमा पुरिएर १० नेपाली कामदारको मृत्यु भएको छ । सोमबार दिउँसो उनीहरुको शव भेटिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरुलाई पहिरोले पुरेको बताइएको छ । घटना देहरादुनको हेडक्वाटरबाट करिव १५० किलोमिटरमा पर्ने चित्रा भिलेजको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार १६ कामदार ओत लाग्न गएका थिए । माथिबाट आएको पहिरोले ओडारलाई पुर्‍यो । पहिरोमा परेकाहरु मध्ये ६ जनाको उद्धार भएको छ ।

घाइते अवस्थामा रहेका उनीहरु मध्ये पाँच जनालाई टुयनीमा पठाइएको छ भने एकको देहरादुनमा उपचार भइरहेको छ ।

सोमबार विहान पहिरोमा मानिसहरु पुरिएको सूचना आउनसाथ उद्धार सुरु गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार घटना आइतबार विहान २ बजेतिरको थियो ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम भइरहेको छ । र, त्यही अन्त्येष्टि गरिने बताइएको छ ।

समाचारमा जनाइए अनुसार उनीहरु नेपालबाट सडक निर्माणको काम गर्न देहरादुन पुगेका थिए । तर, उनीहरु नेपालको कुन ठाउँबाट भारत गएका थिए भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment