Comments Add Comment

आगलागीबाट तेह्रथुममा ४ लाखको क्षती

११ जेठ, काठमाडौं । तेह्रथुमको लालीगुँरास नगरपालिका १० स्थित कमला कार्कीको घरमा आज बिहान आगलागीहुँदा चार लाख बराबरको क्षति भएको छ ।

कार्कीको घरमा बिहान करिब ३ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट कार्कीको फुस, ढुङा माटोले बनेको घर तथा घरभित्र रहेको नगद नब्बे हजार रुपैयाँ जल्नुकासाथै अन्य मालसामानहरु समेत जल्दा अन्दाजी चार लाख बराबरको क्षति भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

आगो प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोली सहित स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment