Comments Add Comment

जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, चारजना सिकिस्त

१३ जेठ, पाँचथर । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा जिल्लाको आङ्ना– १ की एक बालिकाको मृत्यु भएको छ ।

mushroomमृत्यु हुनेमा पदममायाँ माङ्लाककी पाँच वर्षीया छोरी सोनी रहेकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि गएराति झापाको दमकस्थित लाइफलाइन हस्पिटल लगिएको थियो ।

उनको अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

च्याउ खाँदा पदममायाँ, उनकै छोरा १६ वर्षीय रामप्रसाद, १३ वर्षीया छोरी कविता, आठ वर्षीया छोरी मनुषा बिरामी भएका छन् ।

उनीहरुको लाइफलाइन हस्पिटल पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पदममायाँ मालाङ्कले जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाँदा परिवार नै बिरामी परेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment