Comments Add Comment

संसद बैठक बस्दै, बजेटमाथि छलफल आजबाट

samsad१७ जेठ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७३/७४को बजेटमाथि आजबाट संसदमा छलफल सुरु हुने भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले बजेटमाथि आफ्नो धारण राख्न लागेका हुन् । १९ गतेसम्म सांसदहरुले बजेटका विषयमा राखेका विभिन्न प्रश्नहरुको अर्थमन्त्री पौडेलले उत्तर दिने छन् ।

सरकारले प्रस्तुत गरेको बजेटको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरेको छ । पूँजीगत खर्च हुने सम्भावना नभएकाले बजेटले वित्तीय खतरा ल्याउने कांग्रेसको भनाइ छ । उसले बजेट ठूलो भएको र कार्यान्वयन गर्न नसकिने भन्दै आलोचना गर्दै आएको छ भने सरकारपक्षीय दलले त्यसको बचाउँ गरेका छन् ।

सरकारमा सहभागी रहेको दल माओवादी केन्द्रले भने आफ्ना मागहरु बजेटमा नसमेटिएको भन्दै आलोचनात्मक समर्थन गर्ने जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment