Comments Add Comment

खोलामा डुबेर ७ वर्षीय बालकको मृत्यु

१८ जेठ, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ भागरा गाउँका ७ वर्षीय बालकको गिरुवारी खोलामा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलवार साँझ ५ बजेतिर साथीहरुसँग पौडी खेल्न गएका क्षितीज महतोको डुबेर ज्यान गएको हो ।

पौडि खेल्दा महतो खोलामा डुबेपछि उनका साथीहरुले अभिभावकलाई खबर गरेका थिए । बालकलाई निकालेर मध्यविन्दु अस्पतालमा उपचारका लागि ल्याइए पनि अस्पतालले  मृत घोषणा  गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment