Comments Add Comment

रोनाल्डो विश्वकै प्रसिद्ध खेलाडी, मेस्सी तेस्रो नम्बरमा

Ronaldo

२० जेठ, काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकै प्रसिद्ध खेलाडी बनेका छन् । लिओनल मेस्सी भने तेस्रो स्थानमा परेका छन् ।

उनलाई बास्केटबल खेलाडी लेब्रोन जेम्सले पछि पारेका छन् ।

खेल वेबसाइट इएसपीएनले वर्ल्ड फेम १०० को सूची सार्वजनिक गरेको छ । खेलाडीहरुको तलव, फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भएको फलोअर लगायतका आधारमा इएसपीएनले यो सूची बनाएको हो ।

यो सूचीको पहिलो नम्बरमा रोनाल्डो छ । दोस्रो स्थानमा जेम्स र तेस्रो नम्बरमा मेस्सी छन् । चौथो स्थानमा नेयमार र पाँचौं स्थानमा रोजर फेडेरर छन् ।

बार्सिलोनाका लुइस स्वरेज २२ औं नम्बरमा छन् ।

भारतका विराट कोहली र महेन्द्र सिंह धोनी प्रसिद्ध १०० खेलाडीको सूचीमा पर्ने दुई क्रिकेटर हुन् । कोहली आठौं स्थानमा छन् भने धोनी १४ औं नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment