Comments Add Comment

मनिष र सविना ‘मिष्टर एन्ड मिस एसएलसी’

mistera and miss slc
रीवन इन्टरटेनमेन्ट र स्टार वन इन्टरटेनमेन्टले शुक्रबार राजधानीमा एउटै स्टेज शेयर गर्दै दुई प्रतियोगिता आयोजना गरेका छन् । दुबै कम्पनीले एसएलसी दिएर बसेका विद्यार्थीका बिच सौन्दर्य र प्रतिभामूलक प्रतिस्पर्धा आयोजना गरेका हुन् ।

राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसएलसी अफ द इयर २०१६’ मा मनिष अधिकारी र सविना लामाले क्रमशः मिष्टर र मिस एसएलसी अफ द इयर २०१६ को उपाधि चुमे । मनिषले मिष्टर क्याटवक, ट्यालेण्ट, मोष्ट फोटोजेनिक र वेष्ट सिंगरको विधासहित मूख्य उपाधि चुमेका हुन् भने सविनाले वेष्ट पर्सनालिटी र वेष्ट हेयरका साथ उपाधि जितेकी हुन् ।

यसैगरि स्टार इनटरटेनमेन्टद्धारा एसएलसी दिएर बसेका छात्राहरुका बिच आयोजित अर्को प्रतियोगितामा सुरुची बुढाथोकी मिस ट्यालेण्टका साथ ‘मिस टीन एसएलसी २०१६’ भएकी छिन् । प्रतियोगितामा अनिता लगुन फष्ट रनर अप र सुमी बजगाईं वेष्ट पर्सनालिटीका साथ सेकेण्ड रनर अप भइन् ।

प्रतियोगिाका सबै सहभागीलाई प्लस टु अध्ययनका लागि विभिन्न विद्यालयमा पूर्ण छात्रबृत्ती प्रदान गरिने आयोजकले जानकरी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment