Comments Add Comment

अन्तरराष्ट्रिय स्तरको फिल्म स्कुल खुल्दै, सुनिल थापादेखि छवि ओझासम्म आवद्ध

everest film school
चलचित्रको बजार फस्टाउन थालेपछि अहिले यस बिषयमा पढाई हुने विभिन्न एकेडेमीको खोजी पनि सुरु भएको छ । नेपाली चलचित्र क्षेत्रमा आउने कलाकार, निर्देशक, छायांकार, सम्पादक लगायतले अध्ययन गरेर आउनुपर्ने चर्चा सुरु भएको लामो समय भैसकेको छ । यहि कुरालाई ध्यानमा राख्दै नेपाली चलचित्रका चर्चित हस्तीहरुको संलग्नतामा फिल्म स्कुल संचालनमा आउने भएको छ ।

वुझिएअनुसार केही दिनमा नै उद्घाटन हुने यो स्कुलको हाल धमाधम तयारी भैरहेको छ । जसमा बलिउडमा समेत आफ्नो दरिलो उपस्थिती जनाइसकेका कलाकार सुनिल थापा, निर्देशक उज्ज्वल घिमिरे, निर्माता छविराज ओझा समेत आवद्ध छन् । यस्तै, चर्चित निर्देशक लक्ष्मीनाथ शर्मा, कलाकार विश्व बस्नेत लगायत पनि यो स्कुलमा आवद्ध छन् ।

यसका संचालकहरुले अहिलेसम्म यो बिषयमा केही जानकारी दिएका छैनन् । तर, निर्देशन, क्यामेरा, सम्पादन लगायतका विधामा १ बर्षको कोर्स बनाएर अध्यापन गराउने तयारी गरिएको छ । स्कुलको नाम ‘एभरेष्ट फिल्म एकेडेमी’ राखिएको छ ।

भारतबाट समेत चर्चित चलचित्रकर्मी ल्याएर यो कलेजमा अध्यापन गराइने तयारी थालिएको छ । नेपालका चर्चित चलचित्रकर्मीले यो कलेजमा अध्यापन गराउने छन् । सम्पूर्ण कुरा केही दिनमा गरिने उद्घाटन कार्यक्रममा जानकारी दिने एकेडेमी संचालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment