Comments Add Comment

लागूऔषध र चोरी मुद्धामा १५ बर्षदेखि फरार आरोपी पक्राउ

२४ जेठ, नवलपरासी । नवलपरासीको गैडाकोटमा प्रहरी कार्यालयले लागूऔषध र चोरी मुद्धामा दोषि ठहर भएका १५ बर्षदेखि फरार तीनजना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार लागूऔषध कारोबारमा जिल्ला अदालत परासीले दोषी ठहर गरी जेल सजायको फैसला गरेका दुई जना र चोरी अभियोगमा मुद्दा फैसाला भएका १ जनालाई पक्राउ गरेको हो ।

२०५८ साल असार २६ गते अदालतले लागूऔषध मुद्दामा १ महिना ४ दिन जेल कैद सुनाएका गैडाकोट ७ निवासी ४३ बषर्ीय शंकर जिसी, गैडाकोट ९ निवासी ४२ बषर्ीय यमबहादुर थापालाई पक्राउ गरेको हो । अदालतले दुवै जनालाई एक महिना ४ दिन कैत सजाय सुनाएको भएपनि दुवै जना फरार थिए ।

त्यस्तै चोरी अभियोगमा १ महिना १५ दिन कैद र ५ हजार ९५ रुपैयां जरिवाना सुनाएको तर फरार रहेको गैडाकोट ८ का हर्कबहादुर कुमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत परासीमा पेश गरिएको जनाएको छ । प्रहरीले तीनैजनालाई घरबाटै पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment