+
+
Shares

बारामा एक पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १७:४२

६ चैत, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका-५ औरैया टोलमा एक पुरुषको शव फेला परेको छ ।

औरैयादेखि बहुअर्वा जाने सडक खण्डमा सुवर्ण गाउँपालिका वडा नम्बर-७ चौरहिया निवासी ५५ वर्षीय महम्मद गन्नी मियाँ ठकुराईको शव फेला परेको हो ।

औरैया निवासी अनुठा यादवको बाँस तथा आँपको बगैंचामा ठकुराईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लगेको छ ।

इँटा भट्टामा काम गरेर घर फर्कने क्रममा उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।

उनका अनुसार ठकुराईको मृत्युको कारण भने अझै खुलेको छ । मृतक मियाँका ५ छोरा र १ छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?