Comments Add Comment

सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरबाट चेकजाँच

६ चैत, रौतहट । होलीको अवसरमा कुनै अपि्रय घटना हुन नदिन स्थानीय प्रशासनले रौतहटमा एक साताका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले सीमा क्षेत्रमा सवारीसाधन चेकजाँचका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिरहेको छ ।

होली पर्वमाका बेला अपराधिक तत्वहरुद्वारा शान्ति सुरक्षामा खलल नपुगोस भन्ने उद्देश्यका साथ स्थानीय प्रशासनको पहलमा नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको मद्दतबाट जिल्ला भरी नै चेकजाँच गराएर सुरक्षा व्यस्था चुस्त बनाएको प्रहरीले जनाएको छ ।

नेपाल भारतको सिमाना गौर भन्सार क्षेत्र भएर आवतजावत गर्ने दुई र चार पांग्रे सवारीसाधनलाई विशेष गरी चेकजाँच गरिरहेको छ ।

हातहतियार तथा विस्फोटक पदार्थलाई सुघेर पत्ता लगाउने र लागूऔषध पत्ता लगाउने विशेष तालिम प्राप्त कुकुरसहितको टोलीले मंगलबारदेखि नै चेकजाँच अभियानलाई तीव्र बनाएको रौतहट प्रहरीका एसपी भुपेन्द्र खत्रीले बताए ।

मुख्य भन्सार नाका भएर लागूऔषध र अबैध हातहतियार भित्र्याउने गिरोहलाई नियन्त्रण गर्ने उद्देश्यबाट गौर भन्सारसहित जिल्लाको शंकाष्पद स्थानहरुमा चेकजाँच कडाइका साथ भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए ।

गौर चन्द्रपुर सडक खण्डको झुनखुवा, जयनगर, गरुडा, सन्तपुर र चन्द्रपुरको साथै भारतसँग सीमा जोडिएका ३२ किलोमिटरको क्षेत्रमा समेत छड्के चेकजाँच भइरहेको उनले प्रष्ट पारे ।

विगतमा अपराधिक गतिविधि होली पर्वमा हुने गरेको हँुदा विगतका घटनाहरुलाई दोहरिन नदिन तथा अपराधि प्रवृतिका व्यक्तिहरुलाई निरुत्साहित गर्दै सर्वसाधारणलाई हर्षोउल्लासका साथै होली पर्व मनाउनका लागि नै विशेष सुरक्षा योजना अन्तर्गत चेकजाँच तीव्र बनाइएको रौतहट प्रहरीका एसपी खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment