Comments Add Comment

मलाई फर्निचर भन्थेः अक्षय कुमार

akshay1

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई अभिनयमा प्रवेश गर्दाताक मान्छेहरु ‘फर्निचर’ भन्थे ।

हालै रिलिज भएको फिल्म ‘हाउसफूल-३’ को सक्सेस पार्टीको क्रममा संवाददाताहरुले उनलाई सोधे ‘गम्भिर र हाँस्य भूमिकामा कसरी तालमेल मिलाउनुहुन्छ ?’

जवाफमा उनले भने ‘जतिवेला म अभिनयमा प्रवेश गरेको थिए, मान्छेहरु मलाई फर्निचर भन्थे तर, पनि मैले अभिनय गरे’ ।

अक्षयको यो लगातार दोस्रो फिल्म हो, जुन फिल्म सय करोड क्लबमा सामेल भएको छ । यो फिल्मको ब्यापारले उनलाई उत्साहित भएका छन् । उनी भन्छन् ‘म चाहन्छु रुस्तमले पनि सय करोड कमाओस् ‘ उनले यो पनि भने ‘मैले रुस्तममा निकै मेहनत गरेको छु’ ।

कमेडी, एक्सन इमोशनल सबै चरित्र निर्वाह गरेका अक्षयलाई कुन भुमिका निर्वाह गर्दा रमाईलो लाग्दो हो ? उनलाई सिच्युएसन कमेडी भन्दा स्लेप्स्िटक कमेडीमा मज्जा आउछ । उनको भनाई अनुसार स्लेप्टिक कमेडीमा बडी ल्याङग्वेज अनुसार काम गर्न पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment