Comments Add Comment

विप्लव माओवादीद्वारा वर्ल्ड भिजनको कार्यालयमा आक्रमण

world vision_attack_mao (3)३० जेठ, नुवाकोट । भूकम्पपछिको पुनर्निर्माणका लागि नुवाकोट आएको वर्ल्ड भिजन इन्टरनेशनल नेपालको जिल्ला कार्यालयमा गएराति आक्रमण भएको छ । आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवदीले लिएको छ ।

गए राति साँढे १२ बजे तीन जनाको संख्यामा रहेका माओवादी कार्यकर्ताले विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिषरमा रहेको गाडीमा आगो लगाएका थिए । प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार आक्रमणकारीले उनलाइ धम्काएर गाडीमा आगो लगाएका थिए । सुरक्षा गार्ड प्याकुरेलले आफुहरुलाई विप्लव माओवादीको कार्यकर्ता बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेरमा मार्ने धम्की दिएको बताए ।

गाडीमा करिव ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताए  । बलिरहेको गाडीको आगोको राप घरको तेश्रो तल्लामा पुगेपछि उनीहरुले पछाडीको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पुर्‍याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

world vision_attack_mao (2)गाडीमा लागेको आगो घरमा सल्किदा झ्याल तथा घरको बाहिरि भागहरु जलेको छ । कार्यालयको काजजात र सामाग्रीहरु सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङ्गले बताए । दोश्रो तथा तेश्रो तल्लामा रहेका मानिसहरुलाई छतमा भर्‍याङ्ग राखेर प्रहरी र छिमेकीहरुले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए ।

घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथी रहेको परिवारका सदस्यहरुलाई एक घण्टा पछि मात्रै उद्धार गर्न सकिएको थियो ।

विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताएका छन् । तर आक्रमणको कारणबारे उनले केही बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment