Comments Add Comment

जाका दाजुभाइ आपसमा भिड्दा आमाले आफूलाई बाँडिन्

Xhaka-mother-father

सहोदर दाजुभाइले दुई राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै एकापसमा भिड्दाउनीहरुको परिवारमा कस्तो प्रभाव पर्ला ? झन् जन्मदिने आमाको हालत के होला ?

शनिबार स्विट्जल्याण्ड र अल्बानिया भिड्दै गर्दा एल्माज जाकालाई यस्तै भएको छ । उनका दुई छोरा टाओलेन जाका र ग्रानेट जाका सहोदर दाजु भाइ हुन् । तर, टाओलेन अल्बानिया र ग्रानेट स्विट्जरल्याण्डबाट खेले ।

छोराहरु फरक फरक देशबाट खेलेपछि आमाले भने कुनै एकलाई रोज्न सकिनन् । र, उनी दुवै मुलुकको आधा-आधा झण्डा अंकित टि-सर्ट लगाएर उपस्थित भइन् र दुवै टोलीको आकर्षक ‘मूभ’मा ‘चियर्स’ गरिरहहिन् ।

खैरो टि-सर्टमा रातो पृष्ठभूमिभित्र आधा स्वीस र आधा अल्वानियाली झण्डामुनी ‘हाका’ लेखिएको थियो । उनीसँगै जाका दाजुभाइका पिता रागिप पनि उपस्थित थिए । खेलमा उनीहरुको मिश्रति समर्थन थियो ।

Granit-Xhaka-girlfriend

जाका दाजुभाइका मातापितासँग भाइ ग्रानेट प्रेमिका लियोनिता लेकाज पनि उपस्थित थिइन् । तर, उनले भने स्वीस जर्सी लगाएकी थिइन् ।

जुन खेलमा भाइ ग्रानेसको टोली स्वीट्जरल्याण्डले १- ले विजयी भएको छ । खेल सुरु हुनुअघि जाका दाजुभाइले आपसमा अंकमाल गरे । अल्वानियाले टाओलेनलाई ६२ मिनेटमा सब्सिच्युड गरेको थियो भने भाइ ग्रानित स्वीस टोलीबाट ९० मिनेटनै खेले ।

लामो थाई इन्ज्यूरीबाट मुक्त भएका टाउलान्टलाई सब्सिच्युड गरेको मन परेको थिएन । उनले मैदान बाहिरिएपनि टचलाइनमा पानीको बोत्तल फाल्दै असन्तुष्टि जाहेर गरेका थिए ।

Xhaka-Brothers

यसै साता मिडियासँगको कुराकानीमा उनीहरुले आफुहरु दाजुभाइ मात्र नभएर एक राम्रो साथीपनि भएको बताएका थिए ।

जाका दाजुभाइका पिता रेगिपले सन् १९९० मा भएको युद्धका क्रममा कोसोभोमा ३ बर्ष राजनीतिक बन्दी जीवन व्यतित गरेका थिए । जेलबाट रिहा भएपछि उनी बासेल आए र त्यहीँ बस्न अनुमति पाए । जतिबेला उनी २५ बर्षका थिए ।

Xhaka-Brothers1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment