Comments Add Comment

युरो कप

List Grid
‘सडकमै विमान ओराल्ने’ कार्यक्रम सुनेर विज्ञ चकित !

२४ वैशाख, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा एउटा रोचक योजना अघि सारेको छ । त्यो योजना हो– राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रूपमा विस्तार गर्ने । नीति तथा कार्यक्रममा यो विषय आउँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्चअधिकारीहरु नै अचम्ममा परेका छन् । उड्डयन क्षेत्रको […]

किन बिग्रियो नेपाली फिल्मको ग्रहदशा ?

नेपाली फिल्मको ग्रह-दशा नराम्ररी बिगि्रएको छ, अहिले । डेढ करोड हाराहारी बजेटमा, ३०/३५ जनाको समूहले, दुई महिना अविछिन्न खटेर बनाउने फिल्म हलमा जेनतेन तीन दिन टिक्दैन । एक शो पनि हाउसफूल हुँदैन । किन ? जवाफ एक, बजेट कम भएर । जवाफ दुई, हलिउड/बलिउड फिल्मको ह्याकुलाले थिचेर । जवाफ तीन, घरेलु दर्शकले नेपाली फिल्मलाई माया […]

‘फ्ल्यासब्याक’मा उपेन्द्र देवकोटा, यसरी गरियो सम्झना

४ पुस, काठमाडौं । बाँसबारी न्यूरो अस्पतालको नाम फेरिएको छ । अस्पताल देखिनवित्तिकै नेमप्लेट देखा पर्छ– ‘उपेन्द्र देवकोटा मेमोरियल नेस्नल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ट एलिड साइन्स’ । डा. उपेन्द्र देवकोटा हतारिँदै ओहोरदोहोर गर्ने न्यूरो अस्पतालको प्राङ्गणमा बुधबार ठूलो फ्रेमिङ फोटोमात्र थियो, जहाँ दुई सुन्दर माला ओडेर सुन्दर दाँतसहित मुस्काइरहेथ्यो डा. देवकोटाको तस्वीर । डा. देवकोटा […]

थाइल्याण्ड: यौनमा उदार, यौन हिंसामा कठोर

पटायाबाट बैंककका लागि माइक्रोबसमा चढेको केहीबेरपछि पातलो निद्राले आँखालाई झ्याप्प छोप्दै थियो । गाडीभित्र चलेको मसिनो खल्बलीकै बीच–बीचमा हाँसोको पर्रा छुट्थ्यो । निदाउनै लागेका बेला यस्तै हाँसोले ब्यूँझायो मलाई । माइक्रोमा पटाया घुमेर फर्केको हाम्रो टोलीसँगै अन्य देशका पनि पर्यटक थिए । बेलाबेला बिथोलिँदै निदाउँदै गर्दा मेरो निद्रा बिथोल्ने साथीहरुको संवाद सुरु भयो । एउटीले […]

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा

राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाेबाइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीको सीईओको अभिभारा सम्हाल्न श्रेष्ठलाई सहज त कहाँ होला र ? तर, पनि उनी काममा पुरापुर ‘इन्जोय’ गर्छन् । र, कम्पनीका चुनौतिलाई अवसरका रुपमा देख्छन्, अनि रणनीतिहरु तय गर्दै टिमलाई ऊर्जा थप्छन् । […]

अरु देशका भन्दा नर्वेका युवा कसरी धनी हुँदै छन् ?

९ साउन, काठमाडौं । अमेरिका बेलायत र अन्य पश्चिमी देशमा सन् १९८० र २००० बीच जन्मिएका मानिसहरु खर्चको बोझले दबिएका छन् भन्ने कुरा अब नयाँ रहेन । पश्चिमी देशका युवायुवतीहरु आफ्नो आमाबुबाभन्दा गरिब हुने बाटोमा छन् । तर, पश्चिमकै एक देशमा भने उल्टो गंगा बगिरहेको छ । यस्तो कसरी भैरहेको छ ? पढाइ र घरखर्च […]

‘म गोली लागेर ढल्दा नजिकै रहेका प्रहरी रमिते बने’

१३ जेठ, कैलाली । प्रदेश ७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक जना व्यक्तिलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ । गोली लागेर घाइते निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयबासी रमिते बनेको बताए । कार्कीको पाखुरा र छातिमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली […]

आहा ताल ! फेवादेखि फोक्सुण्डोसम्म

विशाल जलासयमा खुला निलो आकासको प्रतिविम्ब कस्तो देखिएला ? वा सूर्यास्तको बेला पोतिने सुन्तले रंगको प्रतिछायाँ कस्तो देखिएला ? दृश्यावलोकनको लागि अन्त जानुपर्दैन, आफ्नै मुलुक चहारे पुग्छ । भनिन्छ, पानीको रंग हुँदैन । रुप हुँदैन । तर, ठाउँ–ठाउँमा भेटिने जलाशय हेर्दा भन्न करै लाग्छ, पानीको पनि रंग हुन्छ । पानीको पनि रुप हुन्छ । वास्तवमै […]

जात्राका गुन्डा, भष्मे डनका रुम पार्टनर

  बागमती किनारमा ‘भष्मे डन’को पछि लागेर हिँड्ने । चिनियाँ स्टाइलको पातलो दाह्री र जुँगा पालेका । पुग-नपुग पाँच फिट उचाइका । झ्याप्ले कपाल, खबटे अनुहार । फिल्म ‘पशुपतिप्रसाद’का यी पात्रलाई कतिले चिने, कतिले चिनेनन् । तर, फिल्म ‘जात्रा’मा आइपुग्दा दर्शकको स्मृतिमा त्यही अनुहार दोहोरियो । उनीहरुको मुखबाट अनायसै फुत्कियो, ‘अरे, त्यो त भष्मेको साथी […]

यी हुन् भारतका गरिब मुख्यमन्त्री, सम्पत्ति जम्मा ४ हजार !

१८ माघ, काठमाडौं । मानिक शंकर चार कार्यकाल भारत त्रिपुराको मुख्यमन्त्री भइसके । अब पाँचौं पटक मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनीसँग न जमिन छ न घर । उनीसँग ३ हजार ९३० भारु नगद छ । उनको कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह […]

परम्परा तोड्दै मेलेनिया स्टेट अफ युनियनमा एक्लै गइन्

राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’ सम्बोधनमा प्रथम महिलाले कस्तो ड्रेस लगाउँछिन्, उपस्थितहरुलाई कसरी अभिवादन गर्छिन् र कुन पाहुनालाई सम्बोधन हेर्न आफ्नो छेउमा आमन्त्रित गर्छिन् भन्नेमा भन्ने अमेरिकीहरुको आम चासो हुन्छ । राष्ट्रपति ट्रम्पको पहिलो यस्तो सम्बोधनमा मेलानिया ट्रम्प मंगलबार राति उपस्थित भइन् । उनी हलमा प्रवेश गर्दा तालीको गडगडाहटले स्वागत गरियो । ‘पाम बीच’बाट भर्खरै […]

१९५० सन्धिका असमान धारा खारेज गर्न भारत सकारात्मक

२३ चैत, काठमाडौं । नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को बैठकमा नेपाली पक्षले शान्ति तथा मैत्री सन्धिलाई प्रमुख एजेण्डा बनाएको छ । एक नेपाली सदस्यले अनलाइनखबरसँग भने, ‘१९५० को सन्धिबारे हामीले छलफल गर्‍यौं । भोलि पनि छलफल हुन्छ ।’ […]

गोल्डेन बुट ग्रिजम्यानले पाए, उत्कृष्ट युवा खेलाडी सान्चेस

काठमाडौं । युरो २०१६ को उपाधि भलै घरेलु टोली फ्रान्सले जित्न सकेन तर, उत्कृष्ट खेलाडीको दुई पुरस्कार भने फ्रान्सेली स्टारहरुले पाएका छन् । प्रतियोगितामा सर्बाधिक गोल गरेर गोल्डेन बुटको उपाधि एन्टोइन ग्रिजम्यानले पाएका छन् भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्टर दिमित्री पायेत उत्कृष्ट खेलाडी चुनिएका छन् । टिममेट ओलिभर जिरोर्ड र पोर्चगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई पछि […]

अंकमा युरोकप २०१६ः के-के बने रेकर्ड ?

युरोकप २०१६ ले नयाँ च्याम्पियन पोर्चुगल पायो । घरेलु टोली फ्रान्सलाई १-० ले हराउँदै रोनाल्डोको टिमले पहिलो ठूलो प्रतियोगिता जित्यो । एक महिनासम्म चलेको युरोकपमा रेकर्डहरु पनि बने, जसलाई यसरी अंकमा हेर्न सकिन्छ । ० – युरो २०१६ को पोर्चुगल र फ्रान्सबीचको फाइनल खेल युरोको इतिहासमा एकमात्र फाइनल हो जसमा निर्धारित ९० मिनेटको समयमा कुनै […]

युरो जित्न पोर्चुगिज खेलाडीहरुको प्रेरणा रोनाल्डोको भाषण !

काठमाडौं । करिअरकै सबैभन्दा ‘ठूलो’ खेलको बीचैमा चोटका कारण मैदान छोड्नु पर्दा सुपरस्टारहरु कति विक्षिप्त होलान्, त्यो हिजो सम्पन्न युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध २५औं मिनेटमै बायाँ घुँडाको चोटका कारण मैदान छाड्न बाध्य भएका क्रिष्टियानो रोनाल्डोलाई हेरे पुग्थ्यो । मैदान छाड्दै गर्दा उनी निक्कै निराश र भावुक बनेका थिए र त्यो दृश्यले उनकै टिममेटको मनोविज्ञानमा नकारात्मक असर […]

सेलिब्रेसनको लागि बस तयार थियो तर, फ्रान्स हार्‍यो

काठमाडौं । युरो २०१६ मा घरेलु टोली हुनाको साथसाथै फ्रान्स उपाधिको प्रमुख दावेदार थियो । तर, उत्तरी पेरिसको सेन्ट डेनिसस्थित स्टेड डि फ्रान्समा फ्रान्सलाई जिल्ल पार्दै पोर्चुगलले ऐतिहासिक रुपमा युरोको उपाधि हात पार्‍यो । यो फ्रेन्च नागरिकले गरेको अपेक्षा अनुरुप थिएन । पेरिसमा खेल सुरु हुनुभन्दा अघिदेखि नै फ्रान्सेलीहरुले जितको सेलिब्रेसन गर्न थालिसकेका थिए । […]

मेस्सी असफल ! रोनाल्डोले जिते पहिलो अन्तराष्ट्रिय उपाधि

काठमाडौं । क्रिष्टियानो रोनाल्डो सफल भए, लिओनल मेस्सी असफल, किनकी उनले पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् । आफ्नो पुस्ताका उत्कृष्ट फुटबलर रोनाल्डो र मेस्सी दुबैले क्लब फुटबलमा जित्न बाँकी केही छैन । तर, देशका लागि ठूलो उपाधि दिलाएन सकेका थिएनन् । मेस्सी केही दिन अघि मात्र कोपा अमेरिकाको फाइनलमा चुके । अर्जेन्टिना चिलीसँग पेनाल्टीमा […]

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि

काठमाडौं । आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ । अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई […]

क्वारेज्माको नयाँ हेयर स्टाइलः रोनाल्डोले हाँसो थाम्न सकेनन्, सान्तोषलाई भने मन पर्‍यो

२६ असार, काठमाडौं । क्रिष्टियानो रोनाल्डो यो देखेर आफ्नो हाँसो थाम्नै सकेनन् । तर, पोर्चुगिज म्यानेजर फर्नाण्डो सान्तोषले भने रिकार्डो क्वारेज्माको नयाँ हेयर स्टाइलको भने खुलेरै प्रशंसा गरेका छन् । फ्रान्सबिरुद्ध आइतबार हुने फाइनल खेलअघि शनिबारको प्रशिक्षण सत्रमा क्वारेज्मा यस्तो नयाँ हेयर स्टाइलमा प्रकट भए । र उनको ‘युनिक’ हेयरस्टाइल सार्वजनिक भयो । उनले पोर्चुगलको […]

रेनाटो सान्चेस भर्सेस पाउल पोग्वा

रेनाटो सान्चेस १८ बर्षीय युवा मिडफिल्डर रेनाटो सान्चेस पोर्चुगलका भावी स्टार हुन् त्यसमा दुई मत छैन । बेनफिकाबाट ४१ मिलियन युरोमा बार्यन म्यूनिख आबद्ध भएका यी किशोर खेलाडीले जारी युरोमा समूह चरणका खेलहरुमा धेरै मौका पाएनन् । त्यसैले पोर्चुगलको प्रदर्शनपनि कमजोर देखियो । जव नकआउट चरणदेखि उनी नियमित टोलीमा पर्न थाले त्यसपछि उनको खेलकला मात्रै […]

‘ग्रिजम्यान रोनाल्डो र मेस्सी भन्दा उत्कृष्ट’

‘एन्टोइन ग्रिजम्यान अहिलेका चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीभन्दा पनि उत्कृष्ट फुटबलर हुन्’ ग्रिजम्यानका फ्रान्सेली टिममेट एवं म्यान्चेस्टर सिटीका लेफ्टब्याक ब्याकरी सांगाको मान्यता हो यो । ग्रिजम्यान र रोनाल्डो युरो २०१६ को फाइनलमा आज राति पोर्चुगल र घरेलु टोलीबीचको फाइनलमा एक अर्काको प्रतिस्पर्धीको रुपमा हुनेछन् । प्रतियोगितामा ६ गोल गरेका ग्रिजम्यान युरो २०१६ को […]