Comments Add Comment

फ्रान्सेली स्टार ग्रिजम्यानको युनिक सेलिव्रेसन, के हो अर्थ ?

Grizman-celebration

युरो २०१६ को फाइनलमा कुनै चमत्कार भएन भने फ्रान्सेली स्टार एन्टोइन ग्रिजम्यान ‘गोल्डेन बुट’ को एक्ला हकदार हुन् ।

प्रतियोगितामा उनले सर्वाधिक ६ गोल गरेका छन् । जसमा सेमिफाइनलमा विश्व च्याम्पियन जर्मनबिरुद्ध गरेको २ गोलपनि सामेल छ ।
उनीपछि ४ खेलाडीले ३/३ गोल गरेका छन् । तर, हामीले यहाँ चर्चा गर्न खोजेको कुरा भने यो होइन ।

हामीले उल्लेख गर्न लागेको त हरेक गोलपछिको उनको ‘सेलिब्रेसन’को बारेमा हो । एथ्लेटिको मड्रिडका सुपरस्टारले हरेक गोल सेलिब्रेसनमा यस्तै गर्ने गर्छन्, जुन युनिक लाग्छ ।

आखिर उनले किन यसरी सेलिब्रेसन गरे त ?

उनको जवाफ सामान्य छः उनले क्यानेडियन र्‍यापर ड्रेकको बहुचर्चित ट्रयाक ‘हटलाइन ब्लिङ’ बाट नक्कल गरेको बताए ।

गत सिजनको पहिलो खेलदेखि नै उनले यस्तै सेलिव्रेसन गर्दै आएका छन् । तर, उनले जारी प्रतियोगिताको आफ्नो सुरुवाती दुई गोलमा भने यस्तो सेलिव्रेसन गर्न बिर्से ।

तर आयरल्याण्डबिरुद्धको खेलमा विजयी गोल गरे्सँगै उनले आफ्नो नियमित सेलिब्रेेसन सम्झिए र त्यस्तै गर्न थाले । र छैटौं गोलसम्म उनको सेलिब्रेसन त्यस्तै छ ।

उनले भने, ‘यो डान्स सेलिव्रेसन मैले ड्रेकको हटलाइन ब्लिङबाट नक्कल गरेको हुँ ।’

‘म यस्तो सधैं गरेछु, जव मैले एथ्लेटिकोबाट गोल गर्छु । तर, जारी युरोमा अल्वानियाबिरुद्ध पहिलो गोल गर्दा निक्कै भावुक हुन पुगेछु र, सेलिब्रेसन गर्नै विर्सिएँ’ ग्रिजम्यानले अघि भने, ‘आयरल्याण्डबिरुद्ध बराबरी गोल फर्काउँदा पनि मैले यस्तो सेलिब्रेसन गर्नै भुलेछु । तर विजयी गोलमा भने मैले सम्झिएँ ।’

उनले गत सिजन एथ्लेटिको मड्रिडबाट समग्रमा ३२ गोल गर्दा सबै गोलमा यस्तै सेलिव्रेसन गरे ।

जर्मनबिरुद्ध उनले एक पेनाल्टीसमेत गरेर २ गोल गरे । दुवै गोलमा उनको सेलिब्रेसन यस्तै थियो ।

उनी सन् १९८४ को युरामेकप पछि ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी पनि बनेका छन् ।

घरेलु टोली फ्रान्स आगामी आइतबार पोर्चुगलबिरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । फ्रान्सले पोर्चुगललाई पछिल्ला १० खेलमा पराजित गरेको छ । सन् १९७५ यता पोर्चुगलले फ्रान्सलाई हराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment