+
+
Shares

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्नीको सहारा

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज ३१ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी बाढीले खोर्लाबेसी-केरौजावेशी झोलुङ्गे पुल बगाएपछि केरौजावासीलाई तार र घिर्नीको सहाराले खाद्यान्न ढुवानी गरिएको छ।
  • धार्चे गाउँपालिकाले खाद्य संकट टार्न चामल, नुन, तेल र चिनी पठाएको छ, जहाँ केरौजावेशीका १५ घरधुरी छन्।
  • असोज २५ को बाढीले धार्चेमा चार पुल बगाउँदा केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशी जाने बाटो ठप्प र करिब ८ सय घरधुरी सम्पर्कविच्छेद भएका छन्।

३१ असोज, खोर्लाबेसी (गोरखा) । बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्नीको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन नदिन स्थानीय जुगाड गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

‘बाढीले खोर्लाबेसी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएदेखि केरौजावेशीमा खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘खाद्य संकट हुनसक्छ भनेर यो जुगाड गरेका हौं ।’

उनका अनुसार, खाद्यान्न ढुवानीका लागि नदी वारपार बिजुलीको तार बाँधिएको छ । तार बाँध्न वारी (खोर्लावेशी) तर्फ झोलुङ्गे पुलको जीप र पारी (केरौजाबेसी) तर्फ रूखको सहारा लिइएको छ । ग्याबिन तार प्रयोग गरेर बनाइएको रिङ र जालीमा सानो बाकस अड्याएर तारमा झुण्ड्याइएको छ । बाकस वारपारका लागि घिर्नीको प्रयोग गरिएको छ । सोही बाकसमा खाद्यान्न राखेर नदी पार गराइएको पालिका अध्यक्ष गुरुङले बताए ।

‘हिजो केही खाद्यान्न पठायौं, आज पनि पठाइरहेका छौं, यताबाट नदी पार गराएपछि उताबाट स्थानीयले बोकेर गाउँसम्म लान्छन्,’ उनले भने । चामल, नुन, तेल, चिनी लगायतका खाद्यान्न पठाइएको उनले जानकारी दिए । उनका अनुसार केरौजावेशीमा कुल १५ घरधुरी छन् ।

असोज २५ गतेको बूढीगण्डकी वाढीले धार्चे गाउँपालिकामा मात्रै चार वटा पुल बगाएको छ ।

माछाखोला र लामाबेसी जोड्ने पुलसँगै वडा नम्वर १ र ३ जोड्ने दोभान र ठाडोभर्‍याङस्थित झोलुङ्गे पुलहरु पनि बगाएको गुरुङले बताए ।

त्यस्तै, दोभान र खोत्राङ जोड्ने बेलिब्रिज समेत बगाएको उनले जानकारी दिए । पुल बगाएसँगै बिशेष गरी केरौजा, रुन्चेक, हुल्चुक र केरौजावेशी जाने बाटो ठप्प भएको उनको भनाइ छ । सो क्षेत्रका करिब आठ सय घरधुरी सम्पर्क विच्छेद बनेको बताइएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?